राष्ट्रिय क्रिकेट टिममा डिसिएका २ खेलाडी थपिए

धनगढी क्रिकेट एकेडेमीले थप २ जना खेलाडी राष्ट्रिय क्रिकेट टिमलाई दिन सफल भएको छ ।

यही सेप्टेम्बर १२ देखि भारतको लखनउमा हुन गईरहेको भारत, अफ्गानिस्तान र नेपालबीचको यु १९ त्रिकोणात्मक खेलका लागि भारतले दिएको निमन्त्रणामा नेपालको टोली भारत प्रस्थान गर्न लागेको हो ।

जसमा धनगढी क्रिकेट एकेडेमीका विपिन रावल र लोकेश बमले आफ्नो ठाउँ बनाउन सफल भएका छन् ।

दुवै यस एकेडेमीका नियमित प्रशिक्षणरत खेलाडी हुन् । २०६९ सालमा स्थापित धनगढी क्रिकेट एकेडेमीमा हाल लग्भग १०० जना खेलाडी नियमित प्रशिक्षणमा रहेका छन् ।

याे पनि पढ्नुस  अन्ततः शंकाले श्रीमतीकाे हत्यारा बनायाे

क्रिकेट प्रशिक्षणका साथै यस् एकेडेमीले विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउने, खेलाडीहरुलाई नेपाल, भारत तथा श्रिलंकाका विभिन्न स्थानमा लागि त्यहाँका विभिन्न क्लबहरुसँग खेलहरु खेलाउने र विभिन्न क्रिकेट प्रतियोगिताहरुको आयोजना समेत गर्दै आईरहेको छ ।

जसमध्ये धनगढी प्रिमियर लिग भाग १ र भाग २ दशकै ठूलाे र प्रतिष्ठित क्रिकेट प्रतियोगता हुन् । धनगढी क्रिकेट एकेडेमी निरन्तर क्रिकेट खेलाडी उत्पादनमा सफल भईरहेको छ ।

याे पनि पढ्नुस  यौनिक तथा लैङ्गिक अल्पसंख्यकका मुद्धामा जनप्रतिनिधि गम्भीर छौंः मेयर वड

यसअघि यस एकेडेमीका रोशन अधिकारी, सुवोध ऐर र नारायण जोशी जस्ता खेलाडीहरु नेपालको यु १६ टिमबाट अन्तराष्ट्रिय प्रतियोगिता खेलीसकेका छन् भने विपिन रावल र लोकेश बम पहिलो पटक यु-१९ अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि स्थान बनाउन सफल भएका छन् ।

धनगढीलाई क्रिकेटको सहरको रुपमा चिनाउन सफल धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले नेपाली टिमलाई खेलकालागि शुभकामना व्यक्त गर्दै यस एकेडेमीका खेलाडी द्वय विपिन रावल र लोकेश बमलाई राम्रो प्रदर्शनको लागि शुभकामना व्यक्त गरे ।

याे पनि पढ्नुस  निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

अझैपनि उमेर समुहदेखि लिएर सिनियर नेपाली क्रिकेट टिममा स्थान बनाउनका लागि यहाँका खेलाडीहरुलाई हर तवरले सक्षम बनाउन आफुले हर सम्भव प्रयास गर्ने उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्