UPDATE: हेलिकोप्टर दुर्घटनामा ६ जनाकाे मृत्यु, अानी बच्न सफल

काठमाडौं, भदौ २३ । गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर शनिबार नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र एक जना जीवितै रहेको त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलले पुष्टि गरेको छ।

विमानस्थलका निर्देशक प्रतापबाबु तिवारीले हेलिकोप्टरमा सवार आनी डोल्मा सकुशल रहेको जानकारी दिए ।

नुवाकोटको मेघाङ गाउँपालिकाको जंगलस्थित दुर्घटनास्थलमा उद्धार टोली पुगिसकेको बताइएको छ। तर काठमाडौ‌ंबाट गएको हेलिकोप्टरसहितका उद्धार टोलीले भने प्रतिकूल मौसमका कारण घटनास्ठलमा पुग्न सकेको छैन ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके ७१३६१२०६८०), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्