२ गोल, २ पास र पेनाल्टी मिससँगै सालेहको चमत्कार

काठमाडौं । शनिबारको राति इजिप्टका फुटबल स्टार मोहम्मद सालेहले चमत्कार नै गरे । पुरै खेल उनी वरिपरि नै घुम्यो । अफ्रिका कप अफ नेसन्सको छनोट खेलमा लिभरपुलका स्ट्राइगर सालेहले गोल मात्रै होइन पेनाल्टी खेर पनि फाले ।

नाइजर विरुद्धको खेलमा ६–० को जित हासिल गर्ने क्रममा इजिप्टका लागि सालेहले २ तथा मार्वन मोसिन, आइमन असरफ, सलाह मोसिन र मोहम्मद इल्नेनीले १–१ गोल गरे ।

सालेहले २ पेनाल्टीमा गोल गर्न चुकेका थिए । दुई गोलका लागि पास दिएका थिए ।

अन्य खेलमा मोरक्कोले मालवीलाई ३–० ले, नाइजेरियाले सेसिलेसलार्य ३–० ले, केन्याले घानालाई १–० ले हरायो ।

कमेन्ट गर्नुहोस्