पहिरोका कारण अवरुद्ध हटाउने काम शुरु

रसुवा । धुञ्चे नजिक त्रिशूली नदी छेउ खोपाङ भीरमा सोमबार साँझ झरेको पहिरोको कारण अवरुद्ध सडक सञ्चालन गर्न मंगलबार बिहानैबाट काम शुरु भएको छ ।

रसुवाका प्रमुख जिल्ला प्रहरी अधिकारी कृष्ण पौडेलका अनुसार धुञ्चे–स्याफ्रुबीच रहेको पासाङल्हामु राजमार्गको अवरोध हटाउन डिभिजन सडक कार्यालयका दुई डोजर तथा लोडर प्रयोग गरिएको र आजै मङ्गलबार साँझसम्म मौसमले साथ दिए सडकको ट्र्याक खोल्ने लक्ष्य लिइएको छ ।

याे पनि पढ्नुस  तराई-पहाड जोड्ने छोटो पहुँच मार्ग बन्यो

सडक खु्लाउने काममा डोजर तथा लोडरका अप्रेटर निमा लामा र राजेश दाहाल संलग्न भएको र पैदलमार्गीको सुरक्षा संयन्त्र अपनाउन पहिरो स्थलमा सुरक्षाकर्मी बिहानैदेखि परिचालन गराइसकिएको निमित्त जिल्ला प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिए ।

चीनबाट आयात भएका सामाग्री बोकेका करीब ५०० ट्रक तथा कन्टेनर काठमाडौं प्रस्थानका लागि तयारी रहेको अवस्थामा अवरुद्ध सडक छिटो सञ्चालन गर्न स्थानीय प्रशासनले स्थलगत निरीक्षण गरिसकेको प्रजिअ पौडेलले बताए । मानिस आवातजावत गर्न समेत मुश्किल अवस्था रहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  पुस्तौँदेखि सञ्चालनमा रहेको सुन्दरीजलको पुरानो बाटो बन्द नगर्न मेलम्ची आयोजनासँग माग

यस्तै बढी घनाबस्ती भएको जिबजिबे क्षेत्रमा जाने धोबीखोला सडक पहिरोले अवरुद्ध हँुदा अहिले त्यस क्षेत्र सर्वसाधारण प्राङसे क्षेत्रबाट हिँड्न थालेका छन् ।

बर्खायामसँगै आएको पहिरोमा ढुङ्गा खस्ने क्रम निरन्तर भइरहेपछि धैबुङको कालिकास्थानभन्दा पूर्वी ज्याङलाङ, जिबजिबे गैरीगाउँ, खाल्चेत गाउँका वासिन्दा प्रभावित भएको समाजसेवी विष्णुप्रसाद पौडेलले बताए । स्याफ्रु गत्लाङ सोमदाङतर्फको सडक भने साञ्जेन जलविद्युत् आयोजनाले सञ्चालनमा ल्याइसकेको छ । रासस

कमेन्ट गर्नुहोस्