खाद्य सम्प्रभुताको अधिकारमाथि छलफल

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा मंगलबार पनि ‘खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथिको दफाबार छलफल जारी छ ।

समितिमा पेश भएको उक्त विधेयकमा ८ परिच्छेद र ४६ धारा छन् ।

सङ्घीय संसद् प्रतिनिधिसभाले विधेयकमाथि आवश्यक संशोधन र दफाबार छलफलका लागि गत साता समितिमा पठाएको थियो ।

याे पनि पढ्नुस  दिउँसो ४ बजे आव २०७५–०७६ को बजेट प्रस्तुत हुंदै

समितिका सभापति सत्यनारायण शर्मा खनालको अध्यक्षतामा बसेको बैठकमा मंगलबार सांसदहरू शान्ता चौधरी, छविलाल विश्वकर्मा, दलबहादुर राना, कृष्णप्रसाद दाहाल, चन्द्रकान्त चौधरी, पूर्णकुमारी सुवेदी, भूमिप्रसाद त्रिपाठीलगायतले छलफलमा भाग लिएका थिए ।

दफाबार छलफलमा कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरी र सचिव डा युवकध्वज जिशीको पनि उपस्थिति थियो । छलफल सोमबारदेखि जारी छ ।

याे पनि पढ्नुस  विशेष समय: विपत्तिको समयमा साझा पहल हुनुपर्छ

विधेयकमाथि किसानको परिभाषा, बाँझो जमिनको उपयोगिता, कृषियोग्य भूमि, खाद्य सम्प्रभुता, खाद्य सुरक्षा, परम्परागत तथा रैथाने खाद्यको संरक्षण लगायतका बिषयमा छलफल जारी छ । रासस

कमेन्ट गर्नुहोस्