बागलुङमा स्वास्थ्य कार्यालय स्थापना

बागलुङ । गण्डकी प्रदेश मातहत रहने गरी बागलुङमा स्वास्थ्य कार्यालय स्थापना भएको छ । कार्यालयको कार्यक्षेत्र बागलुङ, पर्वत र म्याग्दी तोकिएको छ ।

कार्यालयको सोमबार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले उद्घाटन गर्दै तत्कालको लागि प्रदेशका पाँच जिल्लामा स्वास्थ्य कार्यालय स्थापना गरिएको बताए । “केन्द्र सरकाले निर्णय गरेबमोजिम कार्यालय स्थापना भएका छन्, हाम्रो माग ११ वटै जिल्लामा हुनुपर्छ भन्ने हो ।”

याे पनि पढ्नुस  ढोरपाटन र आसपासका क्षेत्रको पर्यटकीय सम्भावना उजागर गरिने

पाँच कार्यालयले मात्र प्रदेशका सबै जिल्लामा प्राविधिक सहयोग तथा समन्वयको काम गर्न नसक्ने उनको भनाइ छ । मन्त्री पुनमगरले प्रदेशको स्वास्थ्य ऐन बन्न लागेको भन्दै स्वास्थ्य क्षेत्रको आवश्यकता र समस्यालाई सम्बोधन गर्ने गरी ऐन बन्ने बताए ।

कार्यालयमा वरिष्ठ जनस्वास्थ्य प्रशासकसहित १४ कर्मचारीको दरबन्दी छ । कार्यालयले औषधि, विशेषज्ञ सेवा, खोप व्यवस्थापन र स्थानीय तहमा प्राविधिक सहयोग लगायतका काम गर्नेछ । बागलुङसँगै स्याङ्जा, कास्की र तनहुँ हेर्ने गरी कास्कीमा, लमजुङ र मनाङ हेर्ने गरी लमजुङमा, गोरखा र नवलपरासी हेर्ने गरी गोरखामा र मुस्ताङमा स्वास्थ्य कार्यालय स्थापना भएको छ ।

याे पनि पढ्नुस  ६ महिनामा ४६ आपराधिक घटना

मन्त्री पुनमगरले सोमबार नै बागलुङ, पर्वत र म्याग्दी हेर्ने गरी बागलुङमा स्थापना भएको आयुर्वेद औषधालयको पनि उद्घाटन गरे । रासस

कमेन्ट गर्नुहोस्