श्रीमान अक्षयप्रति ट्विंकलको यस्तो छ गुनासो !

मुम्बई, भदौ २६ । बलिउडका धेरै अभिनेत्रीहरु विवाहपछि पनि चलचित्र क्षेत्रमा सक्रिय भइरहेका छन् ।

तर, चर्चित अभिनेत्री ट्विंकल खन्नाले भने विवाहपछि चलचित्रबाट टाढा भइन् । हालै एक कार्यक्रममा ट्विंकलले श्रीमानका कारण बिहेपछि चलचित्र खेल्न नपाएको गुनासो गरिन् । ट्विंकलका अनुसार अक्षयले कहिले पनि उनको अभिनयको तारिफ गरेनन् ।

याे पनि पढ्नुस  सोमबारदेखि चलचित्र ‘स्टुडेन्ट अफ दि इयर’को सिक्वेलको सुटिङ सुरु

‘उनी सँधै मेरो अभिनयको मजाक उडाउने गर्थे,’ उनले भनिन्, ‘विवाहपछि चलचित्र खेल्ने चाहना भएपनि उनले अनुमति दिएनन् ।’ त्यसो त बिहेअघि पनि ट्विंकलको करिअर खासै सफल थिएन । उनले अभिनय गरेका अधिकांश फिल्म फ्लप छन् ।

‘अहिले सोच्छु कि म साँच्चै राम्रो अभिनय गर्दिन, सायद अक्षयले ठिकै भनेका थिए,’ ट्विंकले भनिन् । अभिनयमा सक्रिय नभएकी ट्विंकल बरु लेखनमा सक्रिय छिन् । हालैमात्र उनको नयाँ पुस्तक आएको छ । उनी सामाजिक सञ्जालमा पनि मनमा लागेका कुराहरु ओकलिरहन्छिन् । र, बेलाबखत विवादमा पनि पर्ने गर्छिन् ।

कमेन्ट गर्नुहोस्