ट्रम्पलाई किमको पत्र; दोस्रो पटक भेटवार्ता हुनसक्ने

वासिंगटन, भदौ २६ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिकी राष्ट्रपतिलाई पत्र लेखेर आफूले राष्ट्रपति ट्रम्पसँग दोस्रो पटक भेट गर्न चाहेको बताएका छन् । व्हाइट हाउसकि प्रवक्ता सारा स्याण्डर्सका अनुसार ट्रम्प प्रशासन पनि किमसँग वार्ताको सम्भावनाबारे गम्भीर रहेको छ ।

दुबै नेताहरूबीच आशंकै आशंकाबीच गत १२ जुनमा सिङ्गापुरमा ९० मिनेट लामो कुराकानी भएको थियो । पहिलो वार्तालाई केहीले उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रम समाप्त पार्ने कुरामा गम्भीर नभएको भन्दै आलोचना भएको थियो ।

ट्रम्प र किमको दोस्रो भेटको बारेमा अज्घी केही स्पष्ट हुन सकेको छैन ।  तर धेरैले न्युयोर्कमा हुने संयुक्त राष्ट्र महासभाको वार्षिक बैठकमा यो संयोग जुर्न सक्ने आकलन गर्न थालेका छन् । तर किम उक्त बैठकमा आउने या नआउने अझै स्पष्ट नरहेकाले यो अनुमान मात्रै रहेको ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जोन बोल्टनको भनाइबाट प्रष्ट हुन्छ ।  उनी भन्छन्, “किम उक्त बैठकमा आउन्नन् होला ।

याे पनि पढ्नुस  ट्रंप र किमबीच वार्ताको स्थान र मिति निर्धारित

स्याण्डर्सका अनुसार किमको पत्र उत्साहपूर्ण रहेको छ र त्यसमा उनले राष्ट्रपतिसँग फेरी भेट्ने इच्छा जाहिर गरेका छन् । पत्रबाट किम आफ्ना परमाणु हतियार नष्ट गर्न प्रतिबद्ध रहेको स्पस्थ हुन्छ । आइतबार उत्तर कोरियाको राष्ट्रिय दिवसको अवसरमा त्यहाँ कुनै लामो दूरीका क्षेप्यास्त्रहरू प्रदर्शित गरिएनन् ।  स्याण्डर्स यसलाई वासिंगटन र प्योङयाङबीच विश्वास बढाउने कदमका रूपमा लिन सकिन्छ ।

याे पनि पढ्नुस  अमेरिकामा फेरि शक्तिशाली भूकम्प

वासिंगटनको थिंकट्यांक ‘सेन्टर फर नेसनल इन्ट्रेस्ट’का निर्देशक ह्यारी कजियानिसका अनुसार यदि ट्रम्प किमसँग दोस्रो भेटको सम्भावनाबारे सोच्दैछन् भने उनी सही दिशामा छन् । यदि ट्रम्पले आफ्नो कार्यकाल सिद्धिनुपूर्व उत्तरकोरियाका परमाणु हतियार नष्ट गराउन सक्छन् भने यो एउटा महत्वपूर्ण उपलब्धि हुनेछ ।

याे पनि पढ्नुस  अमेरिकी कारवाहीको जवाफ दिन आफ्नो देश तैयार : पाकिस्तानी सेना

उता दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ-इनले पनि यस समाचारले आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । उनी भन्छन्, “कोरियाली प्रायःद्वीप पूर्ण रूपमा परमाणुमुक्त हुन अमेरिका र उत्तर कोरियाबीच आपसी अन्तरक्रियाबाट सम्भव छ ।”

संयुक्त राष्ट्र संघका परमाणु निगरानी प्रमुख युकिया अमानोले उत्तर कोरियाका वर्तमान परमाणु गतिविधिहरूले संयुत राष्ट्र सुरक्षा परिषदको नियम विपरित रहेको बताएका बेला उत्तर कोरियाको तर्फबाट यस्तो पत्र आउनुलाई विश्व समुदायले अर्थपूर्ण रूपमा हेरिरहेको छ ।

 

 

कमेन्ट गर्नुहोस्