सुतिरहेका दिदीबहिनीको अनुहारमा तेजाब छर्कियो

 

रौतहट, घरमा सुतिरहेका दिदी र बहिनीको अनुहारमा तेजाब छर्केको नयाँ घटना रौतहटमा घटेको छ ।

कान्तिपुर अनलाईनका अनुसार, चन्द्रपुर नगरपालिकामा राती १२ बजे अज्ञान समूह प्रवेश गरेर तेजाब फालेको पीडितका बुवाले जनाएका छन् । अनुहारमा तेजाब परेर सख्त घाइते दुवैलाई थप उपचारका लागी काठमाडौं पठाएको प्रहरीले जनाएको छ। घटनाको समयमा बुवा घरमा थिएनन् भने आमा घरमा नै थिइन ।

याे पनि पढ्नुस  कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा तेजाब आक्रमणबाट घाइते सम्झनाको मृत्यु

तेजाबबाट उनीहरुका आँखा, टाउकोर अनुहारमा गहिरो चोट लागेको छ। दुवै बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनायो। चन्द्रनिगाहपुर अस्पतालले उनीहरुलाई थप उपचारका लागि बिहान ५ बजे काठमाडौ रिफर गरेकोछ।

घाइतेहरुले तेजाब हान्नेलाई नचिनेको बताएका छन्। प्रहरीले शंकास्पद स्थानमा खोजतलास जारी राखेको छ।

कमेन्ट गर्नुहोस्