चीनसँग बन्दरगाहको सहमति निकै ठूलो अवसर– प्रधानमन्त्री

काठमाडौं, भदौ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको बन्दरगाह प्रयोग गरेर तेश्रो मुलुकबाट सामान ल्याउने सहमति नेपालको विकासका लागि ठूलो अवसर भएको बताएका छन् ।
नेपाल अब भूपरिवेष्ठित राष्ट्रका रुपमा नरहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले चीनसँग भएको पछिल्लो सहमति निकै महत्वपूर्ण रहेकोमा जोड दिए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीबाट शहीदप्रति श्रद्धाञ्जलि

बेल्ट एण्ड रोड इनिसियटिभले राजधानीमा गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि दुबै छिमेकी देशसँग सन्तुलित सम्बन्ध आवश्यक रहेको बताए ।

चीनसँगको सहमतिले नेपालले वैदेशिक ब्यापारमा चीनतर्फका ठूला बन्दरगहा पनि प्रयोग गर्न पाउने सुनिश्चित भएको उनको भनाई थियो । नेपालले सामान आयात निर्यात गर्दा चीनका रेल, बन्दरगाह, वा अन्य यातायातका मार्ग प्रयोग गर्न सक्ने सहमतिले नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालमा लागानीका लागिसमेत प्रोत्साहन गर्ने बताए ।

याे पनि पढ्नुस  चिरिबाबुले ‘बुढेसकालमा बाग्मतीमा हाम फाल्न पाए हुन्थ्यो’ भनेपछि ओलीको यस्तो टिप्पणी

प्रधानमन्त्री ओलीले भारत र चीनसँग मिलेर नै नेपालले आफ्नो आर्थिक विकासको लक्ष्य पूरा गर्न सक्ने भन्दै दुबै देशसँग रेल विस्तारबारे छलफल निकै अगाडि बढिसकेको बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्