गृहमन्त्रीसँग छलफलपछि छानबीन समितिमा फर्किए उपसचिव केसी

काठमाडौं, भदौ २७ । निर्मला पन्त हत्या छानबीन गर्न गठन गरिएको समितिबाट सुरक्षाको कारण देखाई राजिनामा दिएका उपसचिव बिरेन्द्र केसी फेरी समितिमा नै फर्किएका छन् ।

पत्रकार सम्मेलनमार्फत समितिको काम कारवाहीप्रति असन्तुष्टि र सुरक्षाको माग गर्दै राजिनामा दिएका केसी गृहमन्त्रीसँग छलफलपछि समितिमा फिर्ता भएका हुन ।

याे पनि पढ्नुस  पोष्टमार्टम रिपोर्टमा बालिकाको घाँटी थिचेर हत्या : गृहमन्त्री

गृहमन्त्री राम बहादुर थापा बादलले केसीको राजिनामापछि सुरक्षा समितिका पदाधिकारी, छानबीन समिति प्रमुख, गृह सचिव र सचिवालय टीमसँग पछिल्लो परिस्थितिका बारेमा गम्भीर छलफल गरेका थिए ।

आज केसीले गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफल गरेका थिए ।

याे पनि पढ्नुस  निर्मला पन्तका बुवाद्वारा डिएनएका लागि रगत झिक्न अस्वीकार, अामाले राहत बुझ्ने

कमेन्ट गर्नुहोस्