नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिकः गृहमन्त्री बादल

काठमाडौं, भदौं २७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक ढङ्गको रहेको बताएका छन् ।अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलसँग आज गृहमन्त्रालयमा भएको भेटमा उनले भने, ‘शान्ति प्रक्रियापछि संविधानसभाबाट बनेको नेपालको संविधानले हरेक क्षेत्र, जाति, लिङ्ग, समुदायको समावेशी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेको छ ।’

याे पनि पढ्नुस  ग्रेटर नेपालद्वारा सीमा अतिक्रमण रोक्न गृहमन्त्रीको ध्यानाकर्षण

 

गृहमन्त्री थापाले राजनीतिक परिवर्तनपछि अब नेपाल आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढेको उल्लेख गर्दै अफगानिस्तानको शान्ति प्रक्रिया नेपालका लागि पनि उदाहरणीय रहने बताए ।

 

उनले भने, ‘हरेक युद्धका कारण हुन्छन्, ती कारणको पहिचान गरेर त्यसलाई समाधानको उपाय निकाल्नुपर्छ, त्यसो भएमा मात्रै शान्ति कायम हुन्छ ।’

याे पनि पढ्नुस  गृहमन्त्री वादलकाे रणनीति : मन्त्रालयका ५२ अधिकृतको काज सरुवा, को कहाँ ?

 

सो अवसरमा अफगानिस्तानका पूर्वमन्त्री एवम् शान्ति परिषद्का उपाध्यक्ष हबिबा सराबी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको सेना समायोजन र संविधान लेखन प्रक्रियाका बारेमा गृहमन्त्री थापासँग चासो राख्नुभएको गृह मन्त्रालयले जनाएको छ । नेपालको शान्ति प्रक्रियाबारे जानकारी लिन र सिक्ने उद्देश्यले आफूहरु नेपाल भ्रमणमा आएको पनि उहाँहरुले जानकारी दिए । -रासस

कमेन्ट गर्नुहोस्