रासायनिक मल अभाव हुँदा कृषकहरु समस्यामा

लहान । सिरहामा रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयले आवश्यक मात्रामा मल उपलब्ध नगराउँदा मलको अभाव भएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईका अनुसार धान रोपाइँ सकिएपछि मलखादको माग बढेको छ । लामो समयदेखि मलखाद आपूर्ति नहँुदा रसायनिक मलको अभाव भएको छ । “पन्ध्र हजार बोरा मल आवश्यक छ, कृषि सामग्री संस्थानको गोदाम रित्तो छ,” उहाँले भन्नुभयो।

याे पनि पढ्नुस  दुई छुट्टाछुट्टै ट्याक्टर दुर्घटनामा चारको मृत्यु

बजारमा व्यापारीले रसायनिक मल बढी मूल्यमा बिक्री वितरण गर्दै आएका छन् । विगतमा स्थानीय तहमा रहेका विभिन्न सहकारी संस्थामार्फत कृषि सामग्री संस्थानले गाउँगाउँमा किसानलाई मलखाद बिक्री वितरण गर्दै आएको थियो । कम्पनीले डिएपी प्रतिबोरा रु दुई हजार १८८ तथा रसायनिक मल रु ७३८ का दरले सहकारीलाई बिक्री गरेको थियो । व्यापारीले अहिले झण्डै दोब्बर मूल्यमा रसायनिक मल बिक्री गर्दै आएका छन् । रासस

कमेन्ट गर्नुहोस्