१ बजेको अपडेटः नेप्से परिसूचक १.१७ प्रतिशतले बढ्यो

काठमाडौं । बिहीबार नेप्से परिसूचक १ दशमलव १७ प्रतिशतले बढेको छ ।

घण्टामा परिसूचक १४ दशमलव ४३ अङ्कले बढेर १ हजार २ सय ४५ दशमलव १४ बिन्दुमा पुगेको छ । यस समयमा १ सय ४८ कम्पनीको ३ हजार २ सय २ पटकको व्यापारमा रू।३१ करोड ५ लाख बराबरको शेयर कारोबार भएको छ । यस व्यापार अवधिमा कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि समग्र शेयर बजार बढेको हो ।

‘अन्य’ समूहको परिसूचक ३ दशमलव शून्य ६ प्रतिशतले बढेको छ । होटल समूहको परिसूचक १ ददशमलव ४९ प्रतिशत, विकास बैङ्कको १ दशमलव ४३ प्रतिशत र बैङ्किङको १ दशमलव १९ प्रतिशतले बढेको छ ।

साथै, लघुवित्त समूहको शून्य दशमलव ६८ प्रतिशत, जलविद्युतको शून्य दशमलव ६४ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ४२ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव ४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३७ प्रतिशत, र निर्जीवनको न्यून अङ्कले बढेको हो । आर्थिक अभियानबाट

कमेन्ट गर्नुहोस्