Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बलात्कृत किशोरीको पीडा : न्यायका लागि अदालत धाउँदा धाउँदै जिन्दगी नै लथालिङ्ग

काठमाडौं । बलात्कारपछि हत्या भएकी निर्मला पन्तका आमाबुबा न्यायका लागि काठमाडौं आएका छन् । थाहा छैन, उनीहरुले कहिले न्याय पाउँछन् ?

तर, बलात्कारका घटनामा अदालतबाट न्याय पाउन जति गाह्रो छ, पीडितका लागि बाँकी जीवन कम संघर्षपूर्ण छैन । यसको दृष्टान्त हुन्, झापाकी अनिता ।

झापा, कन्काईकी अनिता ९नाम परिवर्तन० १५ असोज २०७० मा छिमेकी नेत्रप्रसाद तिम्सिनाबाट बलात्कृत भएकी थिइन् । पाँच वर्षको संघर्षपछि बलत्कारीलाई कठघरामा जाक्न सफल भइन् तर, उनको आफ्नै जिन्दगी भताभुंग बनेको छ ।

नशालु पदार्थ खुवाएर जबरजस्ती गर्न थालेपछि प्रतिकार गर्दा निताको हातमा लागेको चोट अझै राम्रोसँग निको भएको छैन । हातको भन्दा ठूलो चोट मनमा छ। न्यायका लागि एक्दै लड्दालड्दै उनी झण्डै सडकमा आइपुगेकी छन् ।

बाबुआमा पहिल्यै बितेका थिए । घटनापछि परिवारका सदस्यहरु पनि विस्तारै टाढिए । पाँच जना दाजुभाइ–दिदीबहिनी भए पनि अहिले उनको साथमा कोही छैन । समाजले आफूलाई हेर्ने नजर पनि बदलिएको उनी गुनासो गर्छिन् ।

‘पहिले सिलाईकटाई गरेर गुजारा गर्दै आएकी थिएँ’ भन्छिन्, ‘त्यो घटनापछि हातको चोटले गर्दा राम्रोसँग काम गर्न सकेकी छैन । दुई छाक टार्न पनि गाह्रो भएको छ ।’

त्यो कालो दिन

निताको परिवार भर्खरभर्खर पहाडबाट झरेको थियो । अविवाहित उनी दाजुभाइसँग कन्काई आएकी थिइन् । सिलाई बुनाईको काम गर्दै गुजारा चलाइरहेकी उनीसँग छिमेकीको भेषमा नेत्रप्रसाद नजिकिए । साहारा दिने वाचा गरे ।

तर, साहारा दिने वाचामाथि विचारसम्म गर्न नपाउँदै नेत्रप्रसाद आफैं जाइलागे ।  १५ असोज २०७० नसालु पदार्थ खुवाएर साहारा दिन्छु भन्ने जबरजस्ती गरे ।

प्रतिकार गर्दा हातमा चोट लाग्यो । उनी न्याय खोज्दै प्रहरी चौकी पुगिन्, तर, उल्टै मिलापत्र गराउन खोजियो । प्रहरी कार्यालयमा उजुरी दर्ता हुन पनि महिना दिन लाग्यो । ‘एक महिनापछि प्रहरी चौकी सुरुङ्गामा मुद्दा दर्ता त भयो’ पीडित निता भन्छिन्, ‘तर, त्यतिबेलासम्म तिम्सिना भागिसकेका थिए ।’

अभियुक्त फरार भएकै अवस्थामा जिल्ला अदालत झापाले १२ मंसिर ०७३ मा जबरजस्ती करणी मुद्दामा तिम्सिनालाई ५ वर्ष कैद र उनलाई महिला तथा बालबालिका कार्यालयबाट ३० हजार रुपैयाँ क्षतिपूर्ति पाउने ठहर गर्‍यो ।

उनी केही राहतको सास फेरिन । तर, आफ्नो जीवन ववार्द बनाउने तिम्सिनालाई अदालतको दिएको सजाय चित्त बुझेन । उच्च अदालत, बिराटनगर गुहारिन् ।

उच्च अदालतले १५ जेठ ०७५ मा जिल्लाकै आदेशलाई सदर गर्ने फैसला सुनायो ।

जिल्ला हुँदै उच्च अदालतले समेत फैसला सुनाइसक्दा पनि पीडिक तिम्सिना फरार नै थिए । इलाकादेखि जिल्ला प्रहरी कार्यालय, झापासम्म धाइन् तर, केही लागेन ।

काठमाडौंले दिलायो न्याय

मुद्दा धाउँदा धाउँदै घरपरिवारका सदस्यहरु पनि टाढिएपछि तिम्सिना भने शक्तिशाली देखिए । अप्रत्यक्षरुपमा ‘तेरो शाखा सन्तानलाई मार्छु’ भन्दै धम्क्याउन थाले ।

जिल्लामा केही नलागेपछि उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) आइन् । दुई हप्ता अघि महाराजगञ्जस्थित ब्यूरोमा आएकी उाले निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणसिंह खड्कासामू आफ्नो पीडा सुनाइन् ।

खड्काले तत्काल सीआईबीको एक टोलीलाई अदालतबाट समेत दोषी ठहर भइरहेका तिम्सिनाको खोजीमा खटाए । ‘उनी लुकीछिपी पूर्वी पहाडी जिल्लाहरुमा बस्दै आएको खुल्यो’ ब्यूरोका प्रहरी उपरीक्षक ९एसपी० सानुराम भट्टराई भन्छन् ।

प्रहरीले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका ग्रामिण इलाकालाई आधार बनाएर खोजीलाई तीव्र बनायो । ‘उनी खसी बोका किन्ने र बेच्ने काम गरेर तेह्रथुममा बस्ने गरेको खुलेको थियो’ एक अनुसन्धन अधिकारी भन्छन्, ‘उनी भेष बदलेर अन्य जिल्लामा पनि घुम्ने गरेको फेला परेपछि हामीले निगरानी बढायौं ।’

सीआईबीको टोलीले निगरानी बढाएको चाल पाएपछि तिम्सिना भागेर इलाम पुगे । ‘गाडी फेर्दै हिँडेका उनी चौथो गाडीबाट मात्रै समातिए’ एक अधिकारीले भन्छन् । सीआईबी टोलीले जिल्ला प्रहरी कार्यालय, इलामको सहयोगमा उनलाई इलामबाट समातेको थियो । उनीले आफ्नो कसुर पनि स्वीकारेका छन् भने फैसला कार्यान्वयका लागि जिल्ला अदालतमा पेश गरी इलाम कारागार चलान गरिएको छ ।

समाज पनि अन्यायी भयो

काठमाडौंसम्म धाएर भएपनि निताले आफ्नो जीवन बबार्द पार्नेलाई जेल त पठाइन् ।

तर, त्यसबेलासम्म उनको जिन्दगी भताभुंग भइसकेको थियो । सिलाई कटाईको काम हातमा लागेको चोट र अड्डा अदालत धाउँदै धाउँदै लगभग छुट्यो । दाजुभाइ टाढिए । रकम अभाव भएपछि आफन्तसँग हात थापिन् ।

अहिले हात अलि निको भएपछि निताले सिलाई बुनाईको कामलाई फेरि निरन्तरता दिएकी छिन् । तर, पहिले जस्तो सिलाइका लागि मानिसहरु आउँदैनन् । समाजले उल्टै आफैंलाई गलत नजरले हेर्ने गरेको उनको गुनासो छ । अनलाइनखबरबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: