नेकपाबाट प्रभात चलाउने, जन्मदेव जैसी, कमल बुढासहित ५ जना निष्काशित, यस्तो छ आरोप (विज्ञप्तीसहित)

काठमाडौं । क्रान्तिकारी पत्रकार संगठन, नेपालका चार केन्द्रीय सदस्य र निवर्तमान अध्यक्ष प्रभात चलाउने कारवाहीमा परेका छन ।

क्रान्तिकारी पत्रकार संगठन नेपाल कम्युनिस्ट पार्टीनिकट संगठन हो ।

नेपाल कम्युनिस्ट पार्टीको मध्य केन्द्रीय कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ ले भदौ २८ गते बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर कारवाही बारे जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौंमा

संगठनभित्रै रहेका जिम्मेवार व्यक्तिहरुबाटै संगठन नेतृत्वबारे अनर्गल प्रचार, ‘समानान्तर संगठन’ निर्माण तथा पार्टीले पत्रकार संगठन नेतृत्वबारे लिएको निर्णय उल्लंघन गर्दै संगठनका जिम्मेवार व्यक्तिहरुमाथि नै हातपात गर्नुक साथै संगठनबारे गलत र भ्रामक हल्ला चलाइरहेको परिस्थितिमाभ्m कारवाहीको विज्ञप्ति आएको हो ।

कमाण्ड ईन्चार्जद्वारा जारी उक्त विज्ञप्तिमा आम जनसमुदाय र संचारमाध्यमलाई सम्बोधन गर्दै पार्टी र संगठनको यथार्थ अवस्थाबारे प्रष्ट पारिएको छ ।

याे पनि पढ्नुस  मालिककाे गाडी ड्राइभर, मालिक्नीकाे ‘सेक्स राइडर’

विज्ञप्तिमा संगठनका केन्द्रीय सदस्य जन्मदेव जैसी, कमल बुढा, बाबुराम भुसाल, सुदिप बर्देवा र निवर्तमान अध्यक्ष प्रभात चलाउनेलाई संगठनसम्बन्धी निर्णयविरुद्ध अराजकता मच्चाउने, पार्टी नेतृत्व विरुद्ध सामाजिक सञ्जालहरुमा भ्रामक समाचार वितरण गर्ने र संगठनका जिम्मेवार साथीहरुमाथि हातपात गर्ने जस्ता अमर्यादित र गलत हर्कत गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन कारवाही गरिएको जनाएका छन् ।

याे पनि पढ्नुस  आयल निगमले तोक्यो पेट्रोल र डिजेलको कोटा, कुन सवारीसाधनलार्इ कति इन्धन ?

कारवाही गर्नुको अर्को गम्भीर कारण पनि उल्लेख गरिएको छ । पार्टीको आन्तरिक सूचना चुहाएर गम्भीर गल्ती गरेको जनाइएको छ ।

साथै आइन्दा पार्टीले कारवाही गरेका व्यक्तिहरुले चलाउने अनर्गल र भ्रामक समाचारको भ्रममा नपर्न समेत जनसमूदाय र आमसंचारमाध्यमलाई जानकारी गराइएको छ ।

कमेन्ट गर्नुहोस्