अरिङ्गाल बन्नुपर्ने बेला आयो– प्रधानमन्त्री

काठमाडौं, भदौ ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीविरुद्ध बोल्ने ‘प्रतिक्रियावादी’विरुद्ध एक हुन कार्यकर्तालाई आग्रह गरेका छन् । विरोधी विरुद्ध अरिङ्गालको शैली अपनाउने वा नअपनाउने भन्दै उनले कार्यकर्तालाई प्रश्न गरेका छन् ।

‘जसरी एउटा अरिङ्गाललाई चलाएपछि सबै खनिन्छन्, थाहा छैन ? तपाईँहरूको त्यति बुद्धि छ कि छैन?’ प्रधानमन्त्री ओलीले भने ‘एउटा मरे पनि मर्छ भन्ने हो कि ?’ उनले प्रतिक्रियावादीको हमलामा जवाफ दिन समेत कार्यकर्तालाई आग्रह गरे ।

याे पनि पढ्नुस  सीमांकनको विषय संघीय अायोगबाट टुंग्याइने गरी सरकारले नयाँ संशोधन प्रस्ताव ल्याउने प्रचण्डको खुलासा

विरोधीहरूले ‘के निउँ पाऊँ कनिका बुकाऊँु जस्तोगरी विरोध गर्न विषय खोजेको दाबी उनले गरे । उनले पार्टी एकताको मर्म बुझेर काम गर्न पनि नेता कार्यकर्तालाई सुझाव दिए । उनले भने ‘पार्टी एकता चिन्नेलाई श्रीखण्ड हो, नचिने खुर्पाको बिँड । ओलीले नेपाल कम्युनिष्ट पार्टीको आन्दोलन एकीकृत भइसकेको समेत दाबी गरे ।

याे पनि पढ्नुस  पञ्चायतकालीन एेन तत्काल खारेज गर्न अध्यक्ष प्रचण्डको अाग्रह 

तत्कालीन एकीकृत माओवादी नेता पोष्टबहादुर बोगटीको चौथो स्मृतिमा शनिवार बालुवाटारमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओली बोगटी लगायतको सपना पूरा गर्न पार्टी र सरकार लागेको बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिष्टबाट विश्वभरका श्रमिकले भरोसा राखेको बताए ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीलाई एक करोड रुपैयाँको सुशासन अवार्ड प्रदान !

पोष्टबहादुर बोगटीको प्रश‌ंसामा लामो मन्तव्य दिएका उनले जनताले महसुस गर्नेगरी पार्टी र सरकारले काम गर्नुपर्ने बताए । ‘विश्ववका कम्युनिष्टले समेत नेपालप्रति आशा–भरोसा राखेका छन्’, प्रचण्डले भने– ‘दुई पार्टीको एकता अद्भूत अवसर हो ।’ उनले स्वर्गीय नेता बोगटी सरल र विचारप्रति निष्ठावान् भएको बताए।

कमेन्ट गर्नुहोस्