राष्ट्रियसभाद्वारा भूमिसम्बन्धी (सातौं संशोधन) विधेयक, २०७५ सहित सात विधेयक स्वीकृत

काठमाडौँ, भदौ ३०। राष्ट्रियसभाको आजको बैठकले विभिन्न सात वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थअधिकार विधेयक, २०७५ र ‘जनस्वास्थ्य विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राखेका थिए ।

याे पनि पढ्नुस  राष्ट्रियसभाको विशेष बैठक बलात्कारीलाई कारवाही मागदेखि कर प्रकरण

‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावक श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रस्तुत गरे । उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रस्तुत गरे ।

‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रस्तुत गरेका थिए । आवासको अधिकारसम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्रस्तुत गरेका थिए ।

याे पनि पढ्नुस  सीमा विवाद सम्बन्धमा संकल्प प्रस्ताव दर्ता, सर्वसम्मतिले स्वीकृत

भूमिसम्बन्धी (सातौं संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरिबीमन्त्री पद्माकुमारी अर्यालका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको थिए ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन’ प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक ३१ गते आइतबार ११ बजे बस्नेछ ।

याे पनि पढ्नुस  कोरोना संक्रमित क्षेत्र वर्गीकरण गरी लकडाउन गर्न सुझाव

रासस

 

कमेन्ट गर्नुहोस्