सुपरस्टार अनमोल केसीलाई संयोग पछ्यायो

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका सुपरस्टार अनमोल केसीले अभिनय यात्राबाट आफ्नो करियर सुरु गरेदेखि अहिलेसम्म एउटा संयोगलाई निरन्तरता दिइरहेका छन् ।

होस्टेल, जेरी, ड्रिम्स, गाजलु, कृ, क्याप्टेनसम्म उनलाई त्यो संयोगले पछ्यायो ।

अहिले आएर निर्देशक झरना थापाको चलचित्र ‘ए मेरो हजुर–३’ मा समेत अनमोल त्यही संयोगबाट गुज्रने निश्चित भएको छ। त्यो रमाइलो संयोग हो–अनमोलले अभिनय गर्ने हरेक चलचित्रमा अलग–अलग अभिनेत्री अर्थात् उनले आजका मितिसम्म कुनै पनि अभिनेत्रीसँग दोहोर्‍याएर अनस्क्रिन रोमान्स गरेका छैनन् ।

याे पनि पढ्नुस  आगामी जेठ १७ गतेबाट चलचित्र ‘कुम्भ करण’ प्रदर्शनमा, अभिनेत्री निशा शिक्षिकाको भूमिकामा

चलचित्र होस्टलमा उनले रिस्ता बस्नेत तथा प्रकृति श्रेष्ठसँग अभिनय गरेका थिए ।

जेरीमा उनलाई आना शर्माले साथ दिइन् । ड्रिम्समा साम्राज्ञी राज्य लक्ष्मी शाह अनमोलको जोडी थिइन् भने गाजलुमा सृष्टि श्रेष्ठ अनि कृमा अदिति बुढाथोकीसँग अनमोलले जोडी बाँधे । प्रदर्शनको तयारीमा रहेको चलचित्र क्याप्टेनमा उनलाई नयाँ अनुहार उपासना सिंह ठकुरीले साथ दिएकी छिन् ।

याे पनि पढ्नुस  रिमासँग डिभोर्सपछि रोबर्टले वर्षासँग लगनगाँठो कसे

गत साता पोखरामा शुभमुहूर्त गरिएको चलचित्र ‘ए मेरो हजुर–३’ मा अनमोलको जोडीका रूपमा सुहाना थापा देखिने निश्चित भएको छ ।

सुहाना अभिनेत्री तथा निर्देशक झरना थापा एवं निर्माता सुनिलकुमार थापाकी छोरी हुन् ।

कमेन्ट गर्नुहोस्