निर्मला हत्या प्रकरण : फेरी डिआइजीको नेतृत्वमा अर्को समिति गठन

काठमाडौं, भदौं ३१ ।

कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा प्रहरी प्रधान कार्यालयले उच्च तहको छानबिन समिति गठन गरेको छ । प्रहरी नायव महानिरीक्षक धिरु बस्नेतको नेतृत्वमा नौँ सदस्यीय समिति गठन भएको हो ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले छानविन समितिमा डिआइजी बस्नेतसहित एसएसपी निरजबहादुर शाही, उत्तम सुवेदी र अन्य प्रहरी अधिकारीहरु रहेको बताए ।

याे पनि पढ्नुस  निर्मला बलात्कार र हत्या प्रकरणः वास्तविक अपराधीलार्इ बचाउन खाेजेकाे भन्दै महेन्द्रनगर बन्द

प्रवक्ता क्षेत्रीका अनसार, डिआइजीको नेतृत्वमा बनेको समितिले अनुसन्धानमा खटिएको प्रहरी अधिकृत तथा जवानहरुले गरेको कमी कमजोरीलगायतका विषयमा अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने छ ।

बस्नेत नेतृत्वको कमिटीले केन्द्रीय अनुसन्धान ब्यूरोबाट त्यस समयमा खटिएर कञ्चनपुर गएको डिएसपी अंगुर जिसी, तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र अनुसन्धानमा संलग्न अन्य प्रहरी कर्मचारीको छानविन गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्