देवघाट धामलार्इ पर्यटनको केन्द्रविन्दु बनाउने गुरुयोजना

दमौली । विश्वकै धार्मिक तीर्थस्थलको रूपमा विकास हुँदै गइरहेको देवघाटलाई पर्यटनको केन्द्रबिन्दु बनाउन देवघाट गाउँपालिकाले गुरुयोजना बनाउने भएको छ ।

तनहुँ, चितवन र नवलपरासीको सङ्गमस्थलमा रहेको देवघाटलाई तीनै जिल्लाका स्थानीय तहको समन्वयमा धार्मिक पर्यटकीय स्थल बनाउने गरी गुरुयोजना बनाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए । उक्त गुरुयोजनालाई दातृ निकाय, प्रदेश सरकार, केन्द्र सरकार र निजी व्यवसायको साझेदारीमा कार्यान्वयन गरिने छ ।

याे पनि पढ्नुस  प्रमुख दाहालले भनिन, भरतपुरलाई देशैकै नमूना महानगर बनाउने योजना छ

पर्यटकीय सम्भावना बोकेको आश्रम, धाम तथा धार्मिक क्षेत्रमा दृश्यावलोकनका लागि आकर्षण बढाउन महोत्सव आयोजना गर्ने तथा सम्भावित क्षेत्रमा भ्यूटावर, भ्यूप्वाइन्ट, सामुदायिक वनमा पर्यटन प्रवद्र्धन, घरवास र पिकनिक स्थलका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाको योजना छ ।

गाउँपालिकाले प्रत्येक वडालाई छुने गरी पर्यटन सर्किटको अवधारणासमेत अघि सारेको छ ।

याे पनि पढ्नुस  बाघ–गैँडा देखाउन ‘भ्यू–टावर’ निर्माण

देवघाट–५ धार्मिकस्थलबाट प्रस्थान गरी देवघाट–१ गाउँपालिका स्तरीय रङ्गशाला अवलोकन, छरछरे झरना देवघाट–२ कराँदीप घरवासमा बास देवघाट–२ खाल्टे पार्क हुँदै कृषि अनुसन्धान केन्द्र, देवघाट–३ छिपछिपे भञ्ज्याङमा बास, देवघाट १ घण्टाचुली हुँदै देवघाट–४ सङ्ग्राहलय, सोलीघोप्टे भीर, प्याउली गढी, काफलडाँडा घसवासमा बास हुँदै गाईघाट अन्तिम बिन्दुको देवघाट गाउँपालिकालाई पर्यटन सर्किट बनाइने थापाले बताए । रासस

कमेन्ट गर्नुहोस्