हत्यारा भन्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन भएपछि नेपालमा व्यापक भत्र्सना

 

काठमाडौँ, अमेरिका भ्रमणमा रहेका नयाँ पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई विरुद्ध प्रदर्शन भएको घटनामा नेपालमा चर्को बिरोधको स्वर देखिएको छ ।

राजनीतिकरुपमा भट्टराईको आलोचना गर्ने पूर्व माओवादी कार्यकर्तादेखि नयाँ शक्ति नेपाल समर्थकहरुले भट्टराईको बिरोध गरेकोमा चर्को आपत्ती व्यक्त गरेका छन् ।

अमेरिकाको टेक्सास पुगेका डा. भट्टराई विरुद्ध त्यहाँ रहेका पाँचजना नेपालीले कालो झण्डा देखाएर प्रदर्शन गरेका थिए ।

तत्कालीन माओवादीका नेता डा. भट्टराईलाई ‘हत्यारा’ भन्दै उनीहरुले ‘मडरर गो ब्याक’ भन्दै नारा लगाए । उनीहरुले ‘नेपालका छोराछोरीलाई मार्ने, मडरर गो ब्याक’ भन्दै डा. भट्टराईलाई कालो झण्डा देखाएका थिए ।

डा। भट्टराई गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषद अमेरिकाको कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन् ।

नेपालमा भने नेपालका पूर्व प्रधानमन्त्रीविरुद्ध गरिएको अभद्र व्यवहारको भत्र्सना भएको हो । जनयुद्धकालमा माओवादी पीडितको बिल्ला भिरेर अमेरिका छिरेका भगौडाहरुले देशका पूर्व प्रधानमन्त्रीको बिरोध गर्न सुहाउँदैन भन्दै पूर्व माओवादीदेखि बौद्धिक र बिभिन्न तह र तप्काबाट भट्टराईको समर्थनमा सामाजिक सञ्जालमा टिप्पणी देखिन्छ ।

कमेन्ट गर्नुहोस्