निर्मला हत्या प्रकरणः अब सैनिकमाथि पनि अनुसन्धान हुने

काठमाडौं, असोज १ । निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा सैनिकमाथि पनि अनुसन्धान गर्न उच्चस्तरीय छानविन समितिले सुझाव दिएको छ ।

 

टनास्थलबाट सेनाको २५ नम्बर बाहिनी नजिकै भएकाले घटनामा सैनिकको समेत संलग्नता हुन सक्ने आकलनमा त्यस्तो सुझाव दिइएको छ ।

याे पनि पढ्नुस  १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, बलात्कारी फरार

 

निर्मलाको शव भेटिएको स्थानबाट करिव ३ किलोमिटर दुरीमा सेनाको बाहिनी छ । बलात्कारपछि घाँटीको कर्ड न्याकेर निर्मलाको हत्या भएको पोस्टमार्टम रिपोर्टमा खुलेको छ ।

 

तालिमप्राप्त व्यक्तिले यसरी हत्या गर्ने सम्भावना धेरै हुन्छ, त्यहि आधारमा बाहिनीबाट त्यो दिन बाहिर निस्किएका सैनिकमाथि पनि अनुसन्धान गर्न सुझाव दिएका छौँ ।,

याे पनि पढ्नुस  किशोरी बलात्कार गर्ने कोइराला प्रहरी कार्यालयबाटै फरार

 

कञ्चनपुरका एसपी कुवेर कडायतले सैनिकदेखि मृतकका आफन्तसम्म अनेक कोणबाट अनुसन्धान भईरहेको बताए । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्