प्रतिबन्धित नोटसहित भारतीय नागरिक पक्राउ

कञ्चनपुर, असोज १ । प्रतिबन्धित गरिएको भारतीय नोटसहित कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई खप्टे नालाबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

आइतबार साँझ भारतको पिलिभित ग्राम राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय सतमान सिंहलाई प्रहरीले भारतीय प्रतिबन्धित गरिएको नोटसहित गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  कोरियाली भाषा परीक्षामा पनि भेटिए ४७ नक्कली परीक्षार्थी

पक्राउ परेका भारतीय नागरिक सिंहलाई जाँच गर्दा भारतीय प्रतिबन्धित गरिएको रु ५०० दरको नोट रु दुई लाख बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।

पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखी आवश्यक अनुसन्धानको कार्य भइरहेको छ । सिंह नक्कली नोटको कारोवारमा समेत संलग्न रहँदै आएको बताइएको छ । रासस

कमेन्ट गर्नुहोस्