नेपाल भारततिर ढल्किनै पर्छ : भारतीय सेनापति

नयाँदिल्ली, असोज १ । भारतीय सेनापति विपीन रावतले भौगोलिकताका कारण नेपाल र भुटानजस्ता राष्ट्रहरु भारततिर ढल्किनै पर्ने बताएका छन् ।

पुनेमा भएको बिमस्टेक राष्ट्रहरुको साताव्यापी संयुक्त सैन्य अभ्यास ‘माइलेक्स–१८’ को आइतबारको समापन समारोहपछि आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल सहभागी नभएको सन्दर्भमा यस्तो भनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। सैन्य अभ्यासमा सहभागी नहुने नेपालको निर्णयबाट भारत सरकार असन्तुष्ट रहेको चर्चा चलिरहेको बेला रावतको उक्त भनाईलाई अर्थपूर्ण ठानिएको छ।

याे पनि पढ्नुस  नेपाल भुटानसँग ३–० ले अगाडि

उक्त सैन्य अभ्यासमा नेपाल र थाइल्याण्ड औपचारिक रुपमा सहभागी भएनन्। दुवै मुलुकले पर्यवेक्षकका रुपमा मात्र सहभागिता जनाएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनमा प्रस्ताव गरेको संयुक्त सैन्य अभ्यास नेपालले अन्तिम समयमा भाग नलिने निर्णय गरेको थियो।

याे पनि पढ्नुस  नेपाललार्इ पहिलो सफलता, युएइकाे पहिलाे विकेट पतन

पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा भाग नलिन नेपाली सेनालाई निर्देशन दिएका थिए । नेपालले चीनको प्रभावमा परेर उक्त निर्णय लिएको र त्यसबाट भारत असन्तुष्ट भएको दाबी भारतीय सञ्चारमाध्यमहरुले गरेका थिए।

कमेन्ट गर्नुहोस्