शेयरबजार : नेप्से परिसूचकल सामान्य अंकले घट्यो

काठमाडौँ, असोज १ । आइतबार दोहोरो अङ्कले बढेको धितोपत्र बजारमा शेयर आज सामान्य अङ्कले घटेको छ ।

शेयर कारोवार मापक नेप्से परिसूचक ०.३१ अङ्कले घटेर एक हजार २५६.४० बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४९ बिन्दुले घटेर २६६.४४ बिन्दुमा कायम भएको छ। कूल १६७ कम्पनीको २४ लाख २५ हजार ३०३ कित्ता शेयर रु ६८ करोड ७६ लाख ८८ हजार ६५३ मा खरिद बिक्री भएको छ । नेप्से परिसूचक घटे पनि कारोवार रकममा भने वृद्धि भएको छ ।

स्टकका अनुसार ६ उपसमूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ ७.०२, होटल १८.८४, विकास बैंक ५.१५, जलविद्युत् १०.२८, फाइनान्स २.४४ र अन्य समूह २.४८ बिन्दुले घट्दा व्यापार ३.१७, निर्जीवन बीमा २०३.४६, उत्पादन २४.५१, माइक्रोफाइनान्स ५.६३ तथा जीवन बीमा ११९.७३ बिन्दुले बढेको छ । रासस

कमेन्ट गर्नुहोस्