नेपाली दूतावास कतारका राजदूत र सचिवलाई कारबाही गर्न सांसद सरिता गिरिको माग

काठमाडौ,असोज१।प्रतिनिधि सभा सदस्य सांसद सरिता गिरिले मानव तस्करी गर्न गिरोहलाई साथ दिएर मजदुर हितमा काम नगरेको भन्दै कतारका लागि नेपाली राजदूत रमेश प्रसाद कोइराला र दूतावासका सचीव सचिब मणि रत्न शर्मालाई कडा कारबाही गर्न माग गरेकी छिन ।

कतारमा बिगत लामो समय देखि मानव तस्करको ठुलो गिरोह सक्रिय रहदा समेत दूतावासले त्यसलाई रोकि पीडित लाई न्याय दिलाउन कुनै पहल नगरेको भन्दै गिरिले कारबाहीको माग गर्दै सदनमा आवाज उठाएकी हुन्।
एक हप्तामा दुई पटक वैदेशिक रोजगारको समस्यामा आवाज उठाएकी गिरिले नेपालीहरुलाइ अलपत्र पार्ने मेनपावर र तिनका एजेन्टलाई कडा भन्दा कडा कारबाहीको माग राख्दै अलपत्र परेका नेपालीहरुलाइ उद्दार र छेतिपुर्ती दिलाउन सरकार समक्ष माग गरेकी छिन।

याे पनि पढ्नुस  मलेशियामा रक्सी पिउँदा चार नेपाली सहित १५ जनाको मृत्यु ३३ जना बिरामी


करिब दुई महिना अगाडि कतार गएका १० जना नेपालीहरु र कतारको शैलियामा रहेका आजाद भिसामा गएका अलपत्र नेपालीहरुले दूतावासमा गुहार माग्न जादा पनि न्याय नपाएको र एजेन्टलाई कारबाही नगरेको गुनासो आएपछि सदनमा गिरिले हदै सम्मको कारबाहिको माग गरेकि हुन् ।

गिरिले सदनमा आवाज उठाएपछी प्रवासमा रहेका नेपालीहरुले उनलाइ धन्यवाद दिएका छन । प्रवासको समस्यामा सरकार र सदन दुबै मौन रहेका बेला मजदुरहरु बारे सदनमा आवाज उठाउने पहिलो महिला सांसद बनेकी गिरिलाई प्रवासी नेपालीहरुको पक्षमा लामो समय देखि आवाज उठाउदै आएका युवा नेता बि बि खरालले समेत धन्यवाद दिएका छन।

याे पनि पढ्नुस  कतारमा वनभोजको रमाइलो  

राइट ओए इन्टर प्राइजेज, गौरीशंकर, एक्सिस एच आर, गोल्डेन म्यानपावर, शाहिन म्यानपावर र बोल्ड म्यानपावरबाट दुई महिना अगाडि कतार गएका १० जना शुरेश सेन, मदन सेन, हिरा बिक, अमर सिह नेपाली, अर्जुन नेपाली, सन्दीप बिक, सोम गुरुङ, कर्ण वीर थापा, गोबिन्द राना र पान बहादुर बिक दुई लाख तिरेर कतार गएका तर कतारको एक कोठामा कोचेर राखि एजेन्ट फरार भएपछि पिडित मजदुरहरु दूतावास गएर जानकारी गराएको पीडितहरुले बताएका छन । एक महिना बितिसक्दा पनि दूतावासबाट कुनै सुनवाइ नभएपछि मजदुरहरुलाइ भेट्न पुगेका बि बि खरालले मजदुरहरुको अवस्था बारे सामाजिक सम्जाल मार्फत उनीहरुको समस्या बाहिर राखेका थिए । उक्त बिषय अहिले संसदमा उठेको छ ।

याे पनि पढ्नुस  नेपालीमय भयो कतार, हजारौंको उपस्थितिमा नेपथ्यको ऐतिहासिक प्रस्तुति (फोटो फिचर)

यता सांसद सरिता गिरिले आफू सधै प्रबासी मजदुरहरुको पक्षमा रहेको र ठगी धन्दा चलाउने, अलपत्र पार्ने र मानव तस्कर बिरुद्ध सधै आवाज उठाउने बताएकी छिन ।

कमेन्ट गर्नुहोस्