कुबेतमा भएको सवारी दुर्घटनामा एक नेपाली सहित भारतीय नागरिकको मृत्यु

कुबेत,असोज २। कुबेतमा कामदार बोकेको बस दुर्घटना हुँदा एक नेपाली सहित एक भारतीय नागरिकको ज्यान गएको छ भने केही घाइते भएका छन।

दुर्घटनामा परि खोटाङ घर भई कुवेतको कम्बाइन कन्स्ट्रक्सन कम्पनी ग्रुपमा कार्यरत ३२ बर्षिय परि दोर्जे शेर्पा र सोही कम्पनिमा कार्यरत एक भारतीय नागरिकको मृत्यु भएको कुबेत स्थित नेपाली दूतावासले जानकारी दिएको छ।
घटनाको प्रारम्भिक बिवरण आउन बाकी रहेको छ भने दुर्घटनामा परि घाइते अन्यको स्थानीय अस्पतालमा उपचार भैरहेको छ।

याे पनि पढ्नुस  कतारमा नयाँ नियम, करार अबधी पूरा नगरी स्वदेश फर्किन पाउने

दुर्घटनामा परि मृत्यु भएका सेर्पाको शव हाल कुबेत स्थित फर्वानिया अस्पातलमा राखिएको छ भने कानुनी प्रक्रिया पूरा गरि शवलाई नेपाल पठाइने दूतावास स्रोतले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्