रोबोटले कस-कसको जागिर खोस्दैछ? हेरौं पूर्ण समाचार

प्रविधि मानवजातिका लागि वरदान सिद्ध भएर आएको छ । यसले मानव जीवनलाई सहज बनाइदिएको छ र विश्वलाई एउटा गाउँमा परिणत गरिदिएको छ ।

हामीले एक शताब्दी पहिले कल्पनानै नगरेका कुराहरू विज्ञान र प्रविधिले आज सामान्य बनाइदिएको छ । विज्ञान र प्रविधिको अनुपस्थितिमा हाम्रो जीवन कति असहज हुन्थ्यो भने कुरा हामी कल्पना गर्न समेत सक्दैनौं ।

यदि विज्ञान र प्रविधिको बारेमा एउटा निबन्ध लेख्नु परेको खण्डमा सायद हामी यस्तै यस्ता तर्क दिने गर्दछौं । तर साँच्चै यसका हानिहरूको बारेमा सोच्नुपर्दा?

याे पनि पढ्नुस  नेपाल इन्स्योरेन्समा खुल्याे २ सय बढी संख्यामा जागिर, हेर्नुस सूचना

त्यो बेला हामी ठुला ठुला कुरातिर बढी ध्यान दिने गर्दछौं, ठुल्ठुला र घातक बम र क्षेप्यास्त्रहरू र कुनै अन्तरिक्ष प्रजातिहरूको सम्भाव्य आक्रमण! या यस्तै धेरै काल्पनिक खतराहरू…!

तर विश्व आर्थिक मंच (डब्ल्युइएफ)ले भर्खर सार्वजनिक गरेको एउटा अध्ययनको नतिजा अनुसार विज्ञान र प्रविधिबात हुने एउटा वास्तविक खतरा दैलोनेरै पुगिसकेको छ ।

याे पनि पढ्नुस  रत्नराज्यलक्ष्मी क्याम्पसमा कर्मचारी माग्यो (विज्ञापनसहित)

मंचका अनुसार सन् २०२५ सम्म मानिसले हाल गरिरहेको कामको ५२ प्रतिशत काम रोबोटहरूले गर्नेछन् । यस्तो अवस्थामा यसले विश्वव्यापी बेरोजगारीलाई बढावा दिनेछ ।

मंचले सार्वजनिक गरेको विवरण अनुसार अबको समयमा विभिन्न क्षेत्रको कार्य सम्पादनका लागि मानवभन्दा स्वचालित उपकरणहरूको प्रयोग अझ आम हुनेछ र यसको नतिजास्वरूप सामान्य मानिसले बेरोजगारीको समस्या झेल्नु पर्ने हुन सक्छ ।

याे पनि पढ्नुस  देशभर जम्मा १० हजार जना मात्र बेरोजगार

हालसम्म जोखिम पूर्ण ठानिएको कामहरूमा मात्र रोबोटहरूको प्रयोग हुँदै आइरहेकोमा बिस्तारै रेस्टुरेन्ट, इकमर्स, समान डेलिभरी जस्ता कामहरूमा बिस्तारै रोबोट तथा ड्रोनहरूको प्रयोग बढ्दै गैरहेको छ र बिस्तारै मानिसका लागि नवप्रवर्तन, रचनात्मकता, या चिन्तन जस्ता कामहरू मात्र मानिसले पाउने छन् र यस्तो समयमा बौद्धिक काम गर्न कम सक्षम मानिसहरू बेरोजगारीको सिकार बन्ने उक्त मंचको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्