किसानलार्इ ४० हजार निमका बिरुवा वितरण

भद्रपुर, असोज २ । बिर्तामोड नगरलाई प्राङ्गारिक नगर बनाउने अभियान अन्तर्गत नगर क्षेत्रका किसानलाई निमका बिरुवा वितरण गरिएको छ ।

गरामनीस्थित एक कृषि नर्सरीमा आज आयोजित कार्यक्रममा किसानलाई ४० हजार निमका बिरुवा वितरण गरिएको हो । नगर प्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख कार्यकारी अधिकृत पशुपति खतिवडा, कृषि अधिकृत राजेन्द्र खरेलले निःशुल्क बिरुवा वितरण गरेका थिए ।

याे पनि पढ्नुस  एक लाख ८० हजारको लागतमा विद्यार्थीले बनाए रोबोट

यसअघि किसानलाई १० हजार फलफूलका बिरुवा वितरण गरिसकेको नगरपालिकाले चार वर्षभित्रमा चार लाख बिरुवा बाँड्ने योजना बनाइएको नगरप्रमुख शिवाकोटीले बताए । रासस

कमेन्ट गर्नुहोस्