दुई सन्तानको हत्या गरेर आत्महत्या

नयाँ दिल्ली। भारतको मध्यप्रदेश राज्य अन्तर्गत सतना जिल्लाको अमरपाटन भन्ने ठाउँमा एक महिलाले आफ्ना दुई बच्चाको हत्या पश्चात आत्महत्या गरेकी छिन्।

भारतीय मिडियाले जनाए अनुसार बिमला कुशवाह नाम गरेकी महिलाले आफ्नी ५ वर्षीय छोरी नैन्सी र ३ वर्षीय छोरा हर्षलाई इनारमा धकेलेर हत्या गरेपछि घरमा आई झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

याे पनि पढ्नुस  सेमिफाइलमा नेपाल पराजित

घटनाको अनुसन्धान भइरहेको छ र यसको कारणबारे हालसम्म खुल्न नसकेको बताइएको छ ।

भारतमा पछिल्लो समय घरेलु हिँसाका घटनामा निकै वृद्धि भइरहेको छ ।

कमेन्ट गर्नुहोस्