मन्त्री बिना मगरद्वारा कर्मचारीलाई विदेश भ्रमणमा नजान निर्देशन

काठमाडौं, असोज २ ।

खानेपानी मन्त्री बिना मगरले खानेपानी मन्त्रालय र मातहतका निकायका कर्मचारीहरुलाई विदेश भ्रमणमा रोक लगाएकी छन् ।

खानेपानी मन्त्रालय सिंहदरबारमा मंगलबार आकस्मिक बैठक बोलाउँदै मन्त्री मगरले कर्मचारीहरुको अनावश्यक विदेश भ्रमणमा रोक लगाएकी हुन् ।

उनले मन्त्रालयका सचिव, सहसचिव र मन्त्रालय मातहतका विभिन्न निकायका विभागीय प्रमुखहरुलाई मन्त्रालयमा बोलाई अनावश्यक विदेश भ्रमण रोक्न निर्देशन दिइन् ।

याे पनि पढ्नुस  खानेपानी मन्त्रीद्धारा २ रुपैँयामै पानी पिउन पाइने 'वाटर एटीएम' को निरीक्षण 

मन्त्री मगरले अहिले काम गर्नुपर्ने बेला आएकोले अनावश्यक हुने गरेको भ्रमण रोक्नु अति आवश्यक रहेको बताउँदै भनिन्, ‘अहिले काम गर्ने बेला हो । मिडियामा विदेश भ्रमणको सन्दर्भमा विभिन्न कुराहरु आएका छन् । यस्ता स–साना कुराले हामीलाई अप्ठ्यारो पार्छ । अति आवश्यक भए मात्र भ्रमणमा जाने हो नत्र भ्रमणमा नजानुहोला ।’

याे पनि पढ्नुस  मेलम्चीको सिमेन्ट बिक्रीमा संग्लनलाई कारवाही गर्न मन्त्रालयको निर्देशन

बैठकमा उनले थपिन्, ‘म आफैँ पनि भ्रमणको आवश्यकता हेरेर मात्र जान्छु नत्र जाँदिन । तपाईंहरु पनि नजानु होला । अति आवश्यक भए मात्र भ्रमण स्वीकृत हुन्छ नत्र हुँदैन ।’

कमेन्ट गर्नुहोस्