पूर्वराजा शाह श्रीलंका जाँदै, समुन्द्रपारी महत्वपूर्ण भेटवार्ता

काठमाडौं, असोज ४ । सपरिवार बैंकततर्फ प्रस्थान गरेका पूर्व राजा ज्ञानेन्द्र आगामी शुक्रबार श्रीलङ्का जाने भएका छन् ।आफ्नी बडामहारानी, बुहारी, नाति तथा सहयोगीहरु लिएर बैंकक जान लागेका उनी त्यहीँ अध्ययन गरिरहेका नातिनीहरुसँग धेरै समय बिताउने छन् ।

 

तर, श्रीलङ्कामा भने पूर्व राजा शाहका महत्वपूर्ण भेटवार्ताहरु हुने सम्बद्ध समाचार सुत्रहरुले जनाएका छन् । करिब दुई साता श्रीलंकामा रहँदा केही मुलुकका उच्चाअिधकारीहरुसँग राजको महत्वपूर्ण भेटवार्ता हुने बताईएको छ ।

 

श्रीलङ्काबाट उनी केही दिनको लागि माल्दिभ्स जाने र त्यहाँबाट भारतको मुम्बई पुग्ने कार्यक्रम रहेको छ । मुम्बईमा एक साधुले उनको नाममा एउटा विशेष महायज्ञ गरेको र असोज २८ गते पञ्चजमीका दिन प्रारम्भ हुने यज्ञमा सहभागी हुन उनी एक दिनअघि नै मुम्बई पस्थान गर्ने जानकारी प्राप्त भएको छ । घटना र विचार साप्ताहिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्