१८ किलो चरेशसहित २ जना पक्राउ

बझाङ, असोज ४ । बझाङमा १८ किलो चरेशसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मष्टा गाउँपालिका खिकालाका १८ बर्षिय दिपक बोहरा र ३९ बर्षिया हस्ता पुरी रहेका छन ।

दुवैलाई ईलाका प्रहरी मष्टाको असइको कमान्डमा खटिएको टोलीले चरेशसहित पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा लिइएको छ ।

याे पनि पढ्नुस  विस्फोटक पदार्थसहित तीन पक्राउ

पक्राउ परेका दुवैलाई पैहरीले मष्टा गाउँपालिकाको धुरल भन्ने ठाउँबाट सदरमुकाम चैनपुर ल्याउँदै गर्दा बुधबार बिहान बिचबाटोमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डीएसपी) प्रविन धितालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्