अन्सारीका हत्यारालाई कारवाहीको दायरामा ल्याई छाड्छाै‌– गृहमन्त्री

काठमाडौँ, ४ असोज । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले अन्सारीका हत्यारालाई कार्वाहीको दायरामा ल्याउन कुनै कसर बाँकी नराखिने बताएका छन् ।

सुनसरीमा अज्ञात समुहले आज खुर्शिद अन्सारीको हत्या गरेका थिए ।

गृहमन्त्रीले घटनालाई आफूले गम्भिररुपमा लिएको बताए।

घटनाका विषयमा आज नेपाल मुस्लिम इत्तेहाद संगठनका प्रतिनिधि मण्डलले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

याे पनि पढ्नुस  नेकपाले गऱ्यो विशेष कार्यदल गठन, महासचिव पौडेल र नेता बादल सम्मिलित कार्यदलमा के छ ?

भेटमा गृहमन्त्री थापाले घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारवाहीको दायरमा ल्याई छाड्ने प्रतिवद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ।

“घटनालाई मैले गम्भिर रुपमा लिएको छु” गृहमन्त्रीले भने, “अपराधी जो सुकै भएपनि कारवाहीको दायरामा ल्याईछाड्छौं ।’

मन्त्री थापाले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउँदै उनिहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने समेत प्रष्ट गरेका थिए ।

याे पनि पढ्नुस  वाम एकताको निर्णय आकस्मिक र असाधारण छलाङ –बादल

संगठनका प्रतिनिधहरुले मुस्लिम समुदायका अगुवामाथि विगत वर्षहरु देखि भईरहेका आक्रमणकै श्रृंखलाको रुपमा यो घटना भएको बताउँदै दोषीलाई तत्काल पक्राउ गनुपर्ने बताए । उनिहरुले मुस्लिम समुदायको सुरक्षामा सरकार गम्भिर हुनुपर्नेमा समेत जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्