खानेपानी मन्त्री एकाबिहानै काठमाडौँका अस्पताल निरीक्षणमा [फोटोफिचर]

काठमाडौं, असोज ५ ।खानेपानी मन्त्री विना मगरले एकाविहानै काठमाडौंका विभिन्न निजी तथा सरकारी अस्पतालको निरीक्षण गरेकी छन् । उनले काठमाडौंमा रहेका वीर अस्पताल र ग्रान्डी अस्पतालको निरीक्षण गरेकी हुन् । अस्पतालको व्यवस्थापन असाध्यै कमजोर रहेको खबर पाए लगत्तै एकाविहानै उनले अस्पतालको निरीक्षण गरेकी हुन् ।

याे पनि पढ्नुस  नेपालको पानी अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न सकिने- मन्त्री मगर

विशेष गरि मन्त्री मगरले अस्पतालको खानेपानी, फोहोर तथा ढल व्यवस्थापनको अनुगमन गरेकी हुन् । अनुगमन पश्चात मन्त्री मगरले अस्पातलमा केमिकलबाट निस्कीने फोहोर व्यवस्थापन हुन नकसकेको बताइन् ।

उनले भनिन्, ‘अस्पतालमा केही व्यवस्थापन राम्रो भएपनि केमिकलबाट निस्कीने फोहोरको असर चाहिँ व्यवस्थापन हुन सकेको छैन । यसको व्यवस्थापनका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्छ ।’

याे पनि पढ्नुस  मेलम्ची आयोजना छिटाे सम्पन्न गर्न खानेपानी मन्त्री बीना मगर सक्रिय

 अहिले मन्त्रालयले नीजि तथा सरकारी अस्पतालमा पानी तथा फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकता राखेको मन्त्री मगरले जानकारी दिइन् ।

उनले सबै अस्पतालमा खानेपानी व्यवस्थापनका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको पनि बताइन् । मन्त्री मगर समक्ष अस्पताल प्रशासनले फोहोर व्यवस्थापन राम्रो भएपनि खानेपानी र ढल निकासको निकै समस्या भएको गुनासो राखेका थिए ।

याे पनि पढ्नुस  खानेपानी मन्त्रीद्धारा २ रुपैँयामै पानी पिउन पाइने 'वाटर एटीएम' को निरीक्षण 

वीर अस्पतालको निरीक्षण लगत्तै मन्त्री मगरले निजी लगानीबाट सञ्चालित ग्रान्डी अस्पतालको पनि निरीक्षण गरेकी छन् । उनले सो अस्पतालको फोहोर व्यवस्थापन प्लान्टको निरीक्षण गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्