देशभरका सवारी चालकहरु हड्तालमा उत्रिए, पेट्रोलियमको हाहाकार !

काठमाडौं, असोज ५ । लापरबाहीढंगले सवारी चलाई दुर्घटना भएमा १० वर्ष कैद सजाय हुने प्रस्ताव गरिएपछि देशभरका सवारी चालकहरु हड्तालमा उत्रिएका छन् ।

निगमसँग सम्बन्धित चालकहरु पनि हड्तालमा उत्रिएर ढुवानी सेवा बन्द गर्दा उपत्यका लगायत देशभर पेट्रोलियम पदार्थको हाहाकार भएको छ । अहिले सबै पेट्रोल पम्पमा लाइन देखिन्छ ।

याे पनि पढ्नुस  विद्युतीय शासन सेवाले सरकारी कामकाज सहज

आयल निगमले भने योभन्दा अघि नै चालकहरुले उठाएको माग पूरा गरिदिएको अहिले आएर पेट्रोलिम पदार्थको ढुवानी रोकेर आन्दोलनमा उत्रेका चालकहरुलाई हटाउने चेतावनी दिएको छ ।

उक्त चेतावनीपछि पनि तेल ढुवानी हुन सकेको छैन । चालकले हड्ताल गर्दा असोज २ गतेदेखि तेल ढुवानी हुन नसकेको हो ।

याे पनि पढ्नुस  पद्मकन्या क्याम्पस अध्यक्षमा अखिल क्रान्तिकारीबाट दन्ता नेपालीको उम्मेदवारी

हेर्नुहोस् केही झलकहरु

कमेन्ट गर्नुहोस्