एकताले समृद्धि र समाजवादको यात्रा सहज भएको छ : प्रचण्ड

काठमाडौँ, असोज ६ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकताले समृद्धि र समाजवादको यात्रालाई सहज बनाएको बताएका छन् ।

वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा आज नेकपाले केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले राजनीतिक, सामाजिक र पारिवारिक प्रतिकूलताका बीच पनि वाम आन्दोलन र यसलाई टुंगोमा पु¥याउन सतिसालजस्तै प्रस्तुत हुनु नेतृ साहनाको साहसी कदम भएको बताए ।

नेता झलनाथ खनालले राणा शासन हुँदै पञ्चायतविरोधी आन्दोलनमा नेत्री प्रधानको स्थान महत्वपूर्ण रहेको जनाउँदै प्रधानले संविधानसभाको निर्वाचन, लोकतान्त्रिक संविधान निर्माणमा समेत प्रेरणादायी भूमिका निर्वाह गरेको स्मरण गरे । साथै नेकपाका नेता वामदेव गौतमले नेपालमा कम्युनिष्ट विचारलाई सङ्गठितरूपमा फैलाउन पुष्पलाल तथा साहना प्रधानको भूमिका ऐतिहासिक रहेको बताए ।

विसं २०४६ को नेत्री प्रधानले वाममोर्चाको अध्यक्षको जिम्मेवारी सम्हाल्दै जनआन्न्दोलनको नेतृत्व गरेकी थिइन् । नेतृ प्रधानको स्मृतिमा युवा नेत्री रामकुमारी झाँक्रीको नेतृत्वमा स्मृति प्रतिष्ठान गठन गरिएको छ ।

कमेन्ट गर्नुहोस्