‘पोर्न साइट’ नियन्त्रण हुन्छ : मन्त्री बाँस्काेटा

काभ्रेलाञ्चोक, असोज ६ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आपराधिक गतिविधि नियन्त्रणका गर्न सरकार कठोर बन्ने बताएका छन् ।

मन्त्री बाँस्कोटाले लोकतन्त्र हो भन्दै स्वतन्त्रताका नाममा अश्लिल क्रियाकलाप दर्शाउनु समाज विखण्डनको कारक बन्ने भएकाले यसविरुद्ध लाग्दा लोकतन्त्र खतरामा नपर्ने बताए । ‘आफैँले जन्माएकी छोरी घरभित्र असुरक्षित हुनेसम्मका अवस्था हुन थालेपछि सरकार निर्मम बन्नैपर्छ, यसकारण पनि इन्टरनेटका अश्लिल साइट बन्द गर्ने योजना बनाएका हौँ’ उनले भने ।

याे पनि पढ्नुस  नारायणगढ–मुग्लिन सडकखण्डको म्याद थपिँदैन : मन्त्री जमरकट्टेल

काभे्रपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–३ स्थित सर्वमङ्गला बहुमुखी क्याम्पसको वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै स्वतन्त्रताका नाममा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सरकारले हरसम्भव उपाय अबलम्बन गर्दै निर्ममसम्म हुने बताए ।

उनले भने, ‘स्वतन्त्रताका नाममा अश्लिलता झल्काउनु आपराधिक गतिविधि हो, यो कुनै प्रकारले स्वीकार्य हुन्न, यसविरुद्ध हामी कठोर हुन्छौँ ।’

याे पनि पढ्नुस  चिन्ता नलिनुहोस्, अपराधी पानीमुनि गएपनि उम्किदैंनः मन्त्री बाँस्कोटा

मन्त्री बाँस्कोटाले नेपाली जनताले सरकारसँग आशा गर्ने मात्र होइन, प्रत्येकको हक हुने भएकाले जनताको मौलिक हकलाई संहितामा थपिएसँगै अब प्रयोगमा ल्याइने बताए । उनले सरकार ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउन प्रतिबद्ध रहेको बताए ।

कमेन्ट गर्नुहोस्