नेता खनाल भन्छन्,- ‘गरीबी र बेरोजगारी हटाउन नेकपा गम्भीर छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले देशले अब गरीबी र बेरोजगारी सहन नसक्ने बताएका छन् । यस्ता समस्या कम गर्न सरकार गम्भीर रहेको पनि उनले बताए ।

 

शहीद अजबलाल स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको ‘शहीदका सपना र सरकारको दायित्व’ विषयक अन्तक्रियामा उनले देश र जनताको पक्षमा बलिदान गर्ने शहीदको सपना साकार पार्न देशलाई समृद्धिको दिशामा अघि बढाउनुपर्ने बताए ।

याे पनि पढ्नुस  निजी मेडिकल कलेजलाई अविलम्ब राष्ट्रियकरण गर्न नेकपाका युवा विद्यार्थी संगठनको माग

 

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले भने, ‘मुलुकले गरीबी, बेरोजगारी र अशिक्षा सहन सक्दैन । जनताले विश्वास गरेर दुई तिहाइको सरकार बनेको छ । यो मत खेर जान दिनुहुन्छ ? शहीदको सपनालाई साकार तुल्याउन देशलाई समृद्धि र आत्मनिर्भरतातर्फ बनाउनैपर्छ ।’

 

याे पनि पढ्नुस  नेकपालाई ठूलो झट्का, ७ उपसभामुख गुमाउदै

उनले विभिन्न खाले संघर्षबाट प्राप्त संघीय गणतन्त्रलाई संस्थागत तथा संविधान कार्यान्वयनलाई गति दिँदै उपलब्ध स्रोतसाधनको भरपुर उपयोग गरी मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

 

नेकपा प्रदेश नं २ का अध्यक्ष प्रभु साहले तत्कालीन जनयुद्धका शहीदलाई सरकारले राष्ट्रिय शहीदको सूचीमा राखी आश्रित परिवारलाई राज्यका विभिन्न निकायमा आरक्षणको व्यवस्था गर्नुपर्ने खाँचो औँल्याए ।

याे पनि पढ्नुस  सत्तापक्षकै नेता भन्छन्,-‘सरकारको काम प्रभावकारी हुन सकेन’

 

समाज रुपान्तरणका खातिर जीवन बलिदान गर्ने शहीद अझै पनि सामाजिक अपमान तथा आर्थिक समस्या भोग्न बाध्य रहेको भन्दै उनीहरुलाई सामाजिक सम्मानको वातावरण सिर्जना गरिनुपर्नेमा उनले जोड दिए । -रासस

कमेन्ट गर्नुहोस्