शिक्षकलाई राजनीति गर्नबाट बन्देज गर्न शिक्षा मन्त्रीको निर्देशन

कैलाली, असाेज ६ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको शिक्षा कमजोर हुनुको मुख्य कारण विद्यालयका शिक्षकहरु नै रहेको बताएका छन् ।

 

कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरको भवन शिलान्यास समारोहमा उनले भने, ‘आधारभूत तहको शिक्षाको जिम्मा स्थानीय सरकारलाई छ, सामुदायिक विद्यालयका शिक्षकको निगरानी गर्ने काम पनि स्थानीय सरकारकै हो ।’ साथै, शिक्षा मन्त्री पोखरेलले शिक्षकलाई राजनीति गर्नबाट बन्देज लगाउन स्थानीय सरकारलाई आग्रह गरे।

याे पनि पढ्नुस  स्वास्थ्य मन्त्री पोखरेलले सार्वजनिक गरे २६ बूँदे प्रतिबद्धता (बिस्तृतमा)

 

साथै, उनले अब प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए । उनले भने, ‘मुलुकको विकास र समृद्धिका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्छ ।’ मन्त्री पोखरेलले अहिलेसम्म कुन संकायमा कति विद्यार्थी उत्पादन भए, त्यसको कुनै तथ्यांक राख्न नसक्दा समस्या भएको बताउँदै कुनै क्षेत्रमा जनशक्ति फालाफाल छ भने कुनै क्षेत्रमा जनशक्ति खोज्नुपर्ने अवस्थामा छ, त्यसैले प्राविधिक शिक्षाले मात्र देशको आवश्यकता परिपूर्ति गर्नमा सहयोग पुर्याउने बताए ।

याे पनि पढ्नुस  “सबै मेडिकल कलेज पाँच वर्षभित्र राष्ट्रियकरण, सबै स्वास्थ्य सेवा निशुल्क”

 

एउटा प्रदेशमा एउटा कृषि क्याम्पस जरुरी रहेको बताउँदै उनले प्राविधिक विषयका लागि भौतिक पूर्वाधार, प्रयोगशाला र प्रशिक्षक सबैभन्दा अनिवार्य रहने धारणा व्यक्त गरे ।

 

शिक्षा मन्त्री पोखरेलले आफ्नो क्षेत्रमा उत्पादन भएका वस्तुहरुको सदुपयोग गर्न नसकेका कारण कुनै पनि क्षेत्र अगाडि बढ्न नसकेको उल्लेख गर्दै उत्पादन भएका त्यस्ता वस्तुहरुलाई उपभोग गरी देशको आवश्यकता परिपूर्ति गर्नुपर्नेमा जोड दिए ।

याे पनि पढ्नुस  शिक्षक महासघसँग वार्ता गर्न वार्ता टोली गठन, पहिलो चरणको प्रारम्भिक छलफल

 

मन्त्री पोखरेलले २०८५ सालसम्म आधारभूत तहसम्मको शिक्षा नलिने कुनै पनि नेपालीले राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपर्ने भन्दै श्रमलाई सीपसँग जोडेर अगाडि बढ्ने खालको प्राविधिक शिक्षामा जोड दिनसमेत आग्रह गरे । -रासस

कमेन्ट गर्नुहोस्