यदि तपार्इ‌ंहरु पनि जापान चाहनुहुन्छ भने यसरी जानुहोस् (भिडियो सहित)

जापानको मन्त्री परिषद्को कार्यालयद्वारा जारी श्वेतपत्रका अनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको समस्या झेलिरहेका छन् ।

कामदार घट्ने चुनौतिलाई सामना गर्नका लागि जापानले प्रविधिमा अझ बढी लगानी गर्न पनि स्वेतपत्रमा सुझाव दिइएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार जापान सरकार र नेपाल सरकारबीच सम्झौता गरेर सरकारी संयन्त्रबाट कामदार लैजान प्रस्ताव गरिएको छ ।

स्रोतका अनुसार सरकारी संयन्त्र अनुसार कामदार गएमा न्यूनतम शुल्क तिरे पुग्छ।

जापानमा नेपालीले मासिक तीन लाख रुपैयाँसम्म सहजै कमाउन सक्छन्। जापान सरकार तथा विभिन्न निजी क्षेत्रका कम्पनीले नेपालबाट कृषि, निर्माण तथा घरायसी कामदार (केयर गिभर) नेपालबाट लैजाने प्रस्ताव गरेको श्रम मन्त्रालयसम्बद्ध उच्च स्रोतले जानकारी दिएको छ।

‘जापानको निजी क्षेत्र तथा सरकारलाई नै कर्मचारी आवश्यक भएकाले नेपालबाट जि टु जी मोडलमा कामदार लैजाने प्रस्ताव उनीहरूले गरेका छन्, स्रोतले भन्यो, ‘अहिले हामी छलफलकै क्रममा छौँ, थप निर्णय केही भएको छैन ।‘

नेपालस्थित जापानी राजदूतावास तथा जापानी सरकारी र निजी क्षेत्रका प्रतिनिधिले श्रममन्त्री सँग यसबारे प्रस्ताव राखिसकेका छन्।

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्