कुबेतमा नेपाली महिलाको हत्या

कुबेत,असोज ७।कुबेतमा घरेलुु महिला कामदारको रूपमा कार्यरत सुनसरीकि ४५ बर्सिय पेसल माया राइको छुरा प्रहार गरि हत्या भएको छ।

गत शुक्रबार राइले कामगर्न घरमा मालिकका छोराले छुरा प्रहार गरि हत्या गरेको कुबेत स्थित नेपाली दूतावासले जानकारी दिएको छ।घटना पछी प्रहरीले हत्यारा लाई पक्राउ गरेको छ भने मृतकको सव हाल कुबेत स्थित स्थानीय अस्पतालमा राखिएको छ।
घटना बारे अनुसन्धान भैरहेको र हाल सम्म हत्या किन गरिएको हो भन्ने एकिन कारण खुल्न नसकेको दूतावासका दितिय सचिब ज्ञान बहादुर मगरले बताएका छन।
यता मृतक राइको परिवार सम्पर्कमा नआउदा शव नेपाल पठाउन तथा कानुनी रूपमा मृतकका परिवारले पाउने क्षतिपुर्ती लगाएत अन्य प्रकृया शुरु गर्न नसकेको हुँदा परिवारका सदस्यलाई सम्पर्कमा आउन दूतावासले अनुरोध गरेको छ।

मृतक राई बिगत ५ बर्ष देखि कुबेतमा घरेलुु महिला कामदारको रूपमा कार्यरत थिइन्।

कमेन्ट गर्नुहोस्