दशैंको मुखमा सरकारको उपहार– सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढ्यो

काठमाडौँ, यातायात व्यवसायीहरुसँग झुकेर सम्झौता गरेपछि दशैंको मुखमा आम जनताले सास्ती बेहोर्नु परेको छ । सरकारले आइतबारबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा १० प्रतिशत वृद्धि गरेपछि यसबाट लाखौं नेपाली प्रभावित हुने भएका हुन । यातायात व्यवसायी र सरकारबीच शनिबार सार्वजनिक यातायातको भाडा बढाउने सहमति भएको थियो ।

याे पनि पढ्नुस  माओवादीमा मन्त्री हुने आकांक्षीको लर्को, कतै सहमति, कतै विवाद

यो सहमतिबाट सुदूरपूर्व र सुदूर पश्चिमका जनतालाई सबैभन्दा ठूलो मार पर्ने भएको छ । काठमाडौंदेखि सुदूरपश्चिमको बैतडी जिल्लाको अहिले पनि भाडाा २२ सय रहेको छ । नयाँ सहमति अनुसार उनीहरुले करिब २५ सय रुपैयाँ तिनुपर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा वृद्धि गर्न यातायात व्यवस्था विभागलाई सिफारिस गरिसकेको छ।

याे पनि पढ्नुस  कहिले गर्छन् प्रचण्डले अर्को गोल ?

सरकारले सिफारिस गरेको भाडा आइतबारदेखि नै लागू हुनेछ। यसलाई मंसिर अन्तिमसम्ममा वैज्ञानिक भाडादरमा समायोजन गर्ने सहमति भएको छ।

कमेन्ट गर्नुहोस्