प्रदेश प्रमुख मोहनराजकाे ‘जेष्ठ नागरिकसँग एक दिन’

समाचार तथा तस्बिर : टेकेन्द्र देउवा

धनगढी, असोज ७ ।
प्रदेश नं ७ का प्रदेश प्रमुख मोहनराज मल्लले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिनिसँग आग्रह गरेका छन् ।

धनगढीमा आयोजना गरिएको जेष्ठ नागरिकसँग एक दिन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख मल्लले यस्तो आग्रह गरेका हुन । उनले भने, ‘संघियता नयाँ अभ्यास हो, सबै सिकेर अगाडी बढ्दै छौ प्रदेश प्रमुख मल्लले भने,‘नौलौ अभ्यास भएकाले सिक्दै अगाडि बढ्नुहोस् ।’
उनले अप्ठेरोमा बिचलित हुनुभन्दा दृढ भएर अगाडी बढ्न सबैसंग आग्रह गरे ।

उनले हिजोको व्यवस्था र अहिलेको व्यवस्थामा केहि फरक भएकाले त्यसै अनुसार चल्ल जनप्रतिनिधिलाई आग्रह गरे । प्रदेश प्रमुखले जेष्ठ नागरिकहरुबाट अहिलेको पिँढीले धेरै कुरा सिक्न सक्ने बताए ।

‘हामीसँगै काम गरेका धेरै व्यक्तिहरु सम्झनामा मात्रै छन् प्रदेश प्रमुख मल्लले भने, ‘यहाँहरुसँग भेट हुने अवसर जुट्यो ।’ उनले आफुहरुसँग भएको सिप, कला, पुस्तौली ज्ञान, संस्कार असल संस्कृति नयाँ पिढीलाई सिकाउन प्रदेश प्रमुख मल्लले जेष्ठ नागरिकलार्इ अनुरोध गरे ।

कमेन्ट गर्नुहोस्