नेपालकै जडिबुटीलाई प्रयोग गरेर औषधि उत्पादनमा गर्नुपर्छ- प्रचण्ड

चितवन, असोज ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्डले स्वदेशी जडीबुटीको प्रयोग गरेर औषधि उत्पादनतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । स्वास्थ्य खबर पत्रिकाको आठौं वार्षिकोत्सव एवं नेपाल लाइभ डटकमको पहिलो वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित सेवाको सम्मान आठौं हेल्थ अवार्ड २०७५ मा उनले यस्तो बताएका हुन् ।

याे पनि पढ्नुस  प्रचण्ड आज अमेरिका जाँदै

 

प्रचण्डले नेपालका जडीबुटी प्रयोग गरेर मित्रराष्ट्रले औषधि बनाउने गरेको भन्दै उनले यहाँ पाइने जडीबुटी प्रयोग गरेर स्वास्थ्य जीवनका निम्ति आवश्यक औषधि बनाउन सकिने जानकारी दिए । नेपालको भौगोलिक वातावरण स्वास्थ्य पर्यटनका लागि उपयुक्त रहेको भन्दै यसको सदुपयोग गर्दै विकासका कामलाई जोड्न सकिने बताए ।

याे पनि पढ्नुस  वाशिङटनस्थित नेपाली दूतावासद्वारा प्रचण्डलाई स्वागत

 

मुलुक नयाँ ठाउँमा प्रवेश गर्न लागेको, देश यतिबेला समाजको विकास र राजनीतिक विकासको नयाँ मोडमा आइपुगेको बताउँदै उनले यो मोड ऐतिहासिक चुनौती र अवसरको मोड रहेको बताए । अध्यक्ष प्रचण्डले सरकारको कामको समीक्षा गर्दै सबैलाई मिलाएर अघि बढ्ने बताए ।

 

कार्यक्रममा सङ्घीय सांसद कृष्णभक्त पोख्रेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाल उद्योग परीसङ्घका अध्यक्ष हरिभक्त शर्मा लगायतले बोलको थिए । कार्यक्रममा विभिन्न विधामा चिकित्सक, अस्पताल तथा स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । जसमा उत्कृष्ट अस्पतालमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई सम्मान गरिएको थियो । -रासस

कमेन्ट गर्नुहोस्