मुद्दा हारेपछि गंगामायाका छोराले गरे इजलासमै यस्तो हंगामा

काठमाडौं असोज ८ । अनशनरत गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले उच्च अदालत पाटनमा वितण्डा मच्चाएका छन् ।

आफूले वारेस बनेर जिम्मा लिएको मुद्दा हारेपछि उनले आइतबार साँझ इजलास अधिकृत रोशन बस्नेतमाथि आक्रमण गर्दै अदालतमा तोडफोड गरेका हुन् । घटना लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको छ।

उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार नुरप्रसादले ललितपुरकी विन्दु घतानीको घरजग्गा सम्बन्धी मुद्दा जिम्मा लिँदै आएका थिए । ललितपुर जिल्ला अदालतबाट मुद्दा हारेपछि उनी उच्च अदालत पाटन आएका थिए। तर उक्त मुद्दामा न्यायाधीशद्वय रमेश खरेल र शेखरप्रसाद पौडेलको इजलाशले जिल्लाकै फैसला सदर गरिदिएपछि उनी आक्रमणमा उत्रिएका हुन् ।

याे पनि पढ्नुस  कृषि केन्द्रीय संघको अध्यक्षमा पाठक निर्वाचित

‘मुद्दा हारेपछि नुरप्रसादले सोमबार साँझ पौने ५ बजेतिर इजलास अधिकृतमाथि कुर्सी प्रहार गरेका हुन्, उनले छलेपछि कुर्सी झ्यालमा ठोक्किएर सिसा फुटेका छन्,’ रजिष्ट्रार दाहालले भने, ‘मेरो टार्गेट न्यायाधीशमाथि नै थियो तर, उनीहरूलाई नभेटेकाले इजलास अधिकृतलाई नै हानेको हुँ भन्दै थियो ।’

याे पनि पढ्नुस  भैँसेपाटीमा बेसबल खेल मैदान

उनको आक्रमणबाट इजलास अधिकृत रोशन बस्नेतको हातमा सानो चोट लागेको छ ।

यदि कुर्सीले लागेको भए बस्नेत गम्भीर घाइते हुने अवस्था रहेको रजिष्ट्रार दाहालले बताए । संयोगवश उनले कुर्सी छल्न भ्याएकाले ठूलो दुर्घटना हुनबाट बचेका हुन् ।

साथै, नुरप्रसादले अदालतका कम्प्युटर, दराजलगायतका सामान पनि तोडफोड गरेका छन् । ‘ऊ जहिले ठूला कुरा मात्र गरिरहन्थ्यो,’ दाहालले भने, ‘सायद उसले जिम्मा लिएको मुद्दामा केही आश्वासन दिएको हुँदो हो, त्यो पूरा नभएपछि आक्रमणमा उत्रियो ।’

याे पनि पढ्नुस  वाङ्ममय शताब्दी पुरुष जोशीको जन्मदिनको अवसरमा ललितपुरमा सार्वजनिक बिदा

घटनालगत्तै नुरप्रसादसहित मुद्दाकी वादी विन्दु घतानीलाई पनि प्रहरीले पक्राउ गरेको छ । अहिले उनीहरु जावलाखेल प्रहरीको नियन्त्रणमा छन्।

माओवादी विद्रोहका बेला मारिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही माग गर्दै आमा गंगामाया अनशनरत छिन् भने बुवा नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भइसकेको छ। नेपालखबरबाट साभार

कमेन्ट गर्नुहोस्