बजारमा आज तोलामा कतिले बढ्यो सुनचाँदीको भाऊ ?

काठमाडौं, असोज ८ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ ।

सोमबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  सुनको भाऊ सस्तिदाँ बजारमा सुन किन्नेको भीड

सोमबार तेजावी सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, मंगलबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

सोमबार बजारमा चाँदी प्रतितोला मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्