प्रतिवेदन भन्छ ‘प्रहरीकाे अनुसन्धान त्रुटीपूर्ण छ’

निर्मला बलात्कार तथा हत्या प्रकरण

काठमाडौं, असोज ९ ।
निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित समितिको प्रतिवेदनले प्रहरी अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकाल्दै गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।

गृहमन्त्री रामबहादुर थापालाई बुझाइएको प्रतिवेदनमा हरी अनुसन्धानमा गल्ती भएको निष्कर्षयस्तो निष्कर्ष निकालिएको हो। कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले आज उक्त प्रतिवदेन गृहमन्त्री थापालाई बुझाएको हो।

घटनाको वास्तविक दोषी पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा गोली चलाइएको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी र एसपीसँग पनि समितिले बयान लिएको थियो।

याे पनि पढ्नुस  एसपीसहित १६ प्रहरीमाथि छानबिन शुरु, कस्तो आउला नतिजा ?

प्रदर्शनमा क्रममा आफूले गोली चलाउन एसपीलाई कुनै आदेश नदिएको प्रजिअ कुमारबहादुर खड्काले समितिलाई बयानमा बताएको प्रतिवेदनमा उल्लेख छ।

एसपी डिल्लीराज विष्टलाई यसबारे पटकपटक सम्पर्क गर्दा फोन नउठाएको प्रजिआले समितिसामु बताएका छन्। समितिसँगको बयानमा प्रजिअले गोली चलाउन आफूले आदेश नदिएको अवस्थामा एसपी सम्पर्कमा आउन नचाहेको बताएका छन्।

याे पनि पढ्नुस  भीमदत्त नगरपालिकाले दियो निर्मलाकी आमा दुर्गादेवीलाई जागिर

समितिले अहिले पनि एसपीका सवारी चालक, प्रहरी जवानहरुमाथि अनुसन्धान गरिरहेको बताएको छ। यस्तै, उक्त घटनामा दोषी दाबी गर्दै पक्राउ गरी यातना दिइएका र पछि डिएनए परीक्षणबाट पुष्टि नभएपछि रिहा भएका दिलीपसिंह विष्टलाई सरकारले उपचार गर्नुपर्ने प्रतिवदेनमा उल्लेख छ।

समितिले गत ३० मा बुझाएको प्रारम्भिक प्रतिवेदनको सिफारिस अनुसार गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षकहरू ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षकहरू जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो।

याे पनि पढ्नुस  कुनै आशंका नगर्नुस् निर्मलाका हत्यारा पक्राउ पर्छन्ः सांसद बस्नेत

कञ्चनपुरकी बालिका पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा गत साउन ११ गते शव भेटिएको थियो। घटनाको दोषी अझै पत्ता लाग्न सकेका छैनन्।

कमेन्ट गर्नुहोस्