प्रवासी नेपाली एकता मञ्च ओमनको आयोजनामा दशै,विशेष कार्यक्रम

ओमन,असोज ९।नेकपाको प्रवास संगठन प्रवासी नेपाली एकता मंच ओमनले दसैं विशेष सास्कृतिक कार्यक्रम गर्न भएको छ।

नेपालीहरुको महान पर्व दशैंको अवसरमा शुभकामना आदान प्रदान, भेटघाट तथा आपसी सदभाव बाढ्ने उदेश्य सहित भर्खरै एकता प्रक्रियामा बाट नव गठित मञ्चले कार्यक्रमको आयोजना गरेको पुर्ण विश्वकर्माले जानकारी दिएका छन्।

याे पनि पढ्नुस  त्रिकोणात्मक सिरिजः उद्घाटन खेलमा नेपालले ओमनसँग खेल्ने

कार्यक्रममा कलाकार अमृता लामिछाने तथा गायक तिलक परियारको बेजोड प्रस्तुती संगै दशैं बिशेष कार्यक्रम को आयोजना गरिएको प्रवासी नेपाली एकता मञ्च ओमनका कार्यदल सदस्य उमेश विश्वकर्माले बताएका छन्।

स्थानीय तथा रास्ट्रीय कलाकारहरुको उपस्थितिमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति रहने कार्यक्रममा सहभागी हुन प्रवासी नेपाली एकता मञ्च ओमानले ओमानमा रहेका सम्पुर्ण नेपालीरुलाइ अनुरोध गरेको छ।

याे पनि पढ्नुस  नेपाली दूतावास ओमन द्वारा आयोजित नि:शुल्क स्वास्थ्य परिक्षण सिविर सम्पन्न

कार्यक्रम आउँदो अक्टोबर १९ तारिख शुक्रबार अलमासाहल रुबिमा बिहान ११ बजे देखि शुरु हुने आयोजकले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्